२८५. अबता खुला स्वतन्त्र नागरिक……

अबता खुला स्वतन्त्र नागरिक……                           

३१ बर्षे २२ दिनको निजामती सेवा यात्रावाट अनिवार्य अवकाशप्राप्त पश्चात् श्रीमान् सचिव केदार न्यौपानेज्यु, सहसचिव डा. कमलप्रसाद पोखरेल र साथीहरू सँग म नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय श्रीमान् सचिवज्युको कार्यकक्षमा सिंहदरबार, काठमाडौंं, नेपाल 

एउटा कालखण्डमा मेहनतले सरकारी जागीरे हुन पुगे ।
यसैलाई आफ्नो भाग्य र भविष्य ठान्दै अगाडी बढे ।।
सेवा प्रवेश पश्चात् अवकाशप्राप्त स्वाभाविक आखिर ।
सानो वृत्तचित्र वाट अबता खुला स्वतन्त्र नागरिक ।।२

                              ।।१।।

सेवा पद र कार्यालय भित्रका अहम् ता दुर्भावना दम्भमा ।
एकतीस बर्ष बिते निजामती सेवा ब्युरोक्रेसी स्तम्भमा ।।
सतचालिस साल असार महिना सहलेखापाल जागीर  ।
उपसचिव अवकाशप्राप्त अबता खुला स्वतन्त्र नागरिक ।।२
                               ।।२।।
शुरुका दिनमा थियो निरसिलो पट्यार पनि लाग्दथ्यो ।
बिस्तारै रितले अभ्यस्त भइयो नङ मासु स्वरुप रह्यो ।।
कति गर्न सके नागरिक सेवा र योगदान  पाई यो जागीर ।
५ श्रावण २०७८ पश्चात् अवता खुला स्वतन्त्र नागरिक ।।२

                              ।।३।।

राम्रो गर्न कति सके वा सकिन नराम्रो कसैलाई गरिन ।
जागीर कै लागि भनसुन र अनेक तिकडम केही गरिन ।।
नयाँ पदस्थापन कतै राज्यको चाहना र स्वैच्छा गरि ।
३१ पुरा ३३ सुविधा अबता खुला  स्वतन्त्र नागरिक ।।२

                                 ।।४।।

हिमाल पहाड भित्रीमधेश तराई उपत्यका सबै तिर घुमी ।
करिब एकदर्जन जिल्ला अनुभवमा बित्यो मेरो जवानी ।।
मन्त्रालय, आयोग, केन्द्रिय अड्डा र बिभाग सबै तिर ।
हरेक व्यञ्जनको अनुभव अबता खुला स्वतन्त्र नागरिक ।।२
                                   ।।५।।
मेरा बाबू आमा आफन्त स्वजन सहयोगी परिवारजन ।
गुरु बर्ग लोक सेवी राष्ट्रसेवक सह्रदयी आत्मीय मन ।।
उच निच र गल्ती भए क्षमा गरिदिनुस् पदमा बहाली छँदा ।
हजुरहरुसाथ आत्मीयजन अबता खुला  स्वतन्त्र नागरिक ।।२
                                    ।।६।।

साथमा युवा तथा खेलकुद मन्त्रालय सम्पुर्ण परिवार जन
प्रत्यक्ष  परोक्षरुपमा सहयोग गर्नुहुने सम्पुर्ण आत्मीय मन ।
सादर नमस्कार सहित  बिदा मागिरहेछु यो बहाल पदमा ।
सक्रिय सेवा विश्राम लि अब ता खुला स्वतन्त्र नागरिक ।।२

                            ।।७।।

निजामती सेवाको लोक सेवा आयोग जननी हार्दिक नमन
धन्य छ संवैधानिक स्वतन्त्र गरिमामय संस्था यही जीवन्त ।
राजनीतिक र अन्य पहुँच नहुनेलाई आधारस्तम्भ रुप रहि
सामान्य नेपाली नागरिक अभ्यन्तर ह्रदय ढुकढुकी भइ ।।२

                                    ।।८।।

एकपटक ह्रदयदेखी सम्झन चाहन्छु कोलेनिका सल्यान
त्यस्तै क्षेत्रीय र शाखा तथ्यांक कार्यालय डोटी दिपायल ।
जिल्ला शिक्षा कार्यालय दार्चुला महाकाली नदीको तिर
नेपाल राष्ट्रिय पुस्तकालय हरिहरभवन पुल्चोकललितपुर ।।२
                                     ।।०९।।

शिक्षा संस्कृति मन्त्रालय केशरमहल शिक्षाको त्यो मन्दिर
पाठ्यक्रम विकास केन्द्र, सानोठिमी बौद्धिकताको शिर ।
राष्ट्रिय महिला आयोग नारी हक हित हुने सदा सुनिश्चित
भुमी सुधार दाङ र मालपोत कार्यालय डडेलधुरा तिर ।।२

                                      ।।१०।।

राष्ट्रिय सूचना आयोग र महालेखा नियन्त्रक कार्यालय
राष्ट्रिय सतर्कता केन्द्र र संवैधानिक निर्वाचन आयोग ।
बबई गाउँपालिका दाङ र राजापुर नगरपालिका बर्दिया
सामान्य प्रशासन मन्त्रालय र नेपाल  स्टाफ कलेज ।।२

                                     ।।११।।

साथमा युवा तथा खेलकुद मन्त्रालय सम्पुर्ण परिवार जन
प्रत्यक्ष  परोक्षरुपमा सहयोग गर्नुहुने सम्पुर्ण आत्मीय मन ।
सादर नमस्कार सहित  बिदा मागिरहेछु यो बहाल पदमा ।
सक्रिय सेवा विश्राम लि अब ता खुला स्वतन्त्र नागरिक ।।२

                                     ।।१२।।

सेवा भित्र प्रवेश गर्न चाहने सह्रदयी हे शिक्षित सज्जन
निजामती प्रशासन सेवा विशिष्ट एउटा ह्रदयमा सदा गुण ।
सोर्स फोर्सले कदापी हुँदैन यहाँ कोर्ष लिई सक्षम अब्बल
दृढ इच्छा शक्ति प्रतिस्पर्धी मेहनती हुनुपर्छ सदा अब्बल ।।

                                  ।।१३।।

योग्यता सक्षमता र प्रतिस्पर्धा आधार लिई कानुनको
राजनीतिक तटस्थता निर्वैयक्तिकता अब्बल सेवा छयो ।
स्वतन्त्र निष्पक्ष छनौट संवैधानिक लोक सेवा आयोग
कानुनले तोकिएको सेवा सुविधा पाईन्छ सेवा प्रवेशमा ।।

                                 ।।१४।।

संविधान निजामती सेवा कानुन अध्ययन गर्नु निरन्तर
नीति योजना बजेट आर्थिक प्रशासनिक ऎन नियम ।
निरन्तर अध्ययन गर्नुपर्छ संगठनको उद्देश्य लक्ष्यहरु
समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय समेतको घटनाक्रम ।।

                                 ।।१५।।

निवृत्त भए तथापि आज नि थिङ्क ट्याङ्क रहि सदा
आफ्नो बुद्धि र स्वसामर्थ्यले सेवक सदा रहि तत्पर ।
जिम्मा दिएको योग्यता क्षमताले  काम गर्ने प्रतिबद्धता
जन्मभुमि दाङ जिल्ला अबता खुला स्वतन्त्र नागरिक ।।२

📝 वसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं ।
[सोमबार ०४ श्रावण २०७८ शुभम्]  

Comments