२३८. महाविपद्

महाविपद्                                                                                             

📝 वसन्तराज अधिकारी
                         घोराही उपमहानगरपालिका, दाङ

कोरोनाको कहरले बनाईराछ आपद्
अति वृष्टि बाढी पहिरो पर्यो महाविपद् ।।१।

बिपद् प्रतिकार्य पुर्वयोजना ध्यान गएनकि ।
बिकास निर्माण संरचना राम्रो भएन कि ! ।।२।।

स्याङ्जा बजार बगाईराछ गण्डकी  बढेर ।
सिन्धुपाल्चोक तिर क्षति भयो अति धेर ।।३।।

सुर्खेतमा पनि त्यस्तै गरि भैराछ बेहाल ।
कर्णालीले बर्दियामा खतरा बढदैछ ।।४।।

तिनाउ खोलो बढेर बटौली भयो जलमग्न ।
नारायणघाट मुग्लिङ्ग सडक पहिरोले टम्म ।।५।।

जता हेर्यो दु:खद घटना के हुँदैछ यस्तो ।
हुलै बाँधेर  महाविपद् वैरिए जस्तो ।।६।।

कतै हाम्ले बिकासको नाममा विनाश गर्दैछौं कि ।
प्रकृतिलाई चुनौती दिई त्यहीँ फल भोग्दैछौं कि ।।७।।

यस्तो बेला सबै हामी एकापसमा एकजुट हुनैपर्छ ।
राजनीतिक मतभेद हटाई मतैक्यता ल्याउनुछ ।।८।।

हे बिधाता ! कति दियौं दु:ख माथी झन  दु:ख ।
नेपालीले कहिले पाउँला आनन्द र सुख ? ।।९।।

दिनमा सयौं मानिस मरिरहँदा भोग्दै आपद् ।
अझै बाढी पहिरोले ल्याउँदै छ महाविपद् ।। १०।।

📝 रचनाकार :  वसन्तराज अधिकारी
घोराही, दाङ
@ कीर्तिपुर, काठमाडौं, नेपाल ।
[बिहिवार ०३ जेठ २०७८ शुभम्]

Comments