२२९. कर्णाली नदी

 कर्णाली नदी

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, घोराही
@ कीर्तिपुर, काठमाडौंं । हुम्ला मुगु कर्णाली, ठुली सानी भेरी र तिला । बुढीगंगा, सेती मिलि, बग्दछिन् कर्णाली ।।१।। पुर्व कोशी मध्य  गण्डकी र पश्चिम कर्णाली । पहिलो ठूलो दोस्रो गहिरो, तेस्रो लामो नदी ।।२।। कर्णाली प्रदेशवाट बग्दै, राजापुर बर्दिया । बरदान पनि रहेको छ, त्यतिकै खतरा ।।३।। पल्लोपट्टी टीकापुर वारि, राजापुर मुुल बजार । भारतले बनाकोछ कैलाशपुरी (चौधरी चरण सिंंह) बाँध ।।४।। चिसापानी भन्दा तल, बर्दिया राष्ट्रिय निकुञ्ज । त्यहाँ देखि कर्णालीको, दुई शाखा बिभक्त ।।५।। मुलशाखा राजापुरको १,३,४ र ७ वडा हुँदै । गेरुवा कोठियाघाट १० नं वडा भइ बग्दै ।।६।। एउटा नगरपालिका, एउटा गाउँपालिका भित्र । भौंराटप्पा नामले चर्चित, साविक एघार गाबिस ।।७।। नेपालको मात्र हैन एशियाकै, ठूलो टापु हो यो । सुन्दरता प्रकृतिको बरदान, उर्वर अन्नभण्डार ।।५।। निजामती सेवाको उत्तरार्धमा, मेरो कर्मक्षेत्र । सुन्दर राजापुर नगरिको, माया छ बिछट्ट ।।६।। करिब दुई बर्ष व्यतीत भयो, स्वर्गको छ टुक्रा । आत्मीय जनहरुसँग, माया ममता छ पूरापुरा ।।७।। ✍️ लेखक/कवि तथा साहित्यकार :  बसन्तराज अधिकारी रचना मिति : २०७७-०६-१४ बुधबार स्थायी ठेगाना : दाङ, घोराही @ राजापुर, बर्दिया 📝 श्री हाम्रो भावना राष्ट्रिय दैनिकमा प्रकाशित भैसकेको ।

Comments