२३३. मेरो ३१ बर्षे अविछिन्न निजामती सेवा यात्रा कवितामा

मेरो ३१ बर्षे अविछिन्न निजामती सेवा यात्रा कवितामा              

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, लुुुम्बिनी प्रदेश, नेपाल                                     @ कीर्तिपुर, काठमाण्डौं                             

कोलनिका सल्यानवाट शुरूवात
भयो निजामती सेवा-यात्रा ।
हिजो जस्तो लाग्छ ऎले २०४७ साल
सेवा प्रवेश वृतचित्र  ।।१।।

सहलेखापाल अनुभवको सिकाई
नयाँ सीप सिर्जनामा ।
राजश्व धरौटी, बिनियोजन, आलेप र
लेखापाल जनगणना ।।२।।

खुला प्रतिस्पर्धामा लोक सेवा आयोग
क्षेत्रीय निर्देशनालय, दिपायल
२०४९ सालमा नायब सुब्बा पदमा
पदोन्नति क्षेत्रीय तथ्यांक ।।३।।

उद्योग गणना, औद्योगिक तथ्यांक सु.प.
नौ जिल्लाको पैदलमार्ग भ्रमण ।
सामाजिक सांस्कृतिक परम्परा रितिस्थिति
सिकियो भाषा चाल चलन ।।४।।

शाखा तथ्यांक डोटी, अछाम
स्थापना गरि ।
प्रशासनिक पुनर्संरचना दरवन्दी
कटैतीमा परि ।।५।।

जिल्ला शिक्षा कार्यालय दार्चुला
०५० सालमा सरुवा ।
टनकपुर, पिथौरागढ, धारचुलाको
पारिवारिक रमणिय - यात्रा ।।५।।

०५३ सालमा नेपाल राष्ट्रिय पुस्तकालय
हरिहरभवन पुल्चोकमा ।
राजनीतिशास्त्र र कानुनको अध्ययन
उच्च शिक्षा प्राप्ती याहाँ ।।६।।

पुस्तकालय सम्बन्धि तालिम र
आधारभुत ज्ञान सीप ।
काठमाडौं आएको दृढ ईच्छा
उद्देश्यमा सुदृढ भयो खुब  ।।७।।

शिक्षा तथा खेलकुद मन्त्रालय
केशरमहल ०५६ मा सरुवा ।
मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासनमा
सम्पादित कामकाज  ।।८।।

०६२ मा खुला प्रतिस्पर्धा BAT 21
शाखा अधिकृत भैयो ।
स्टाफ कलेज तालिम पश्चात् पुनः
पाठ्यक्रम विकास केन्द्रगैयो ।।९।।

राष्ट्रिय महिला आयोग भद्रकाली प्लाजा
०६५ मा सरुवा भै कामकाज ।
०६७ मा भुमी सुधार अधिकारी भै
आफ्नै जिल्ला दाङ घोराहीमा ।।१०।।

०६९ मा मालपोत अधिकृत डडेल्धुरा१०
घटालबाबा, उग्रतारा माता दर्शन ।
६ महिना मै राष्ट्रिय सूचना आयोग११
पेरिशडाँडा पुनरागमन ।।११।।

०७० मा महालेखा नियन्त्रक कार्यालय१२
अनामनगरमा भयो सरुवा ।
एक बर्ष मै ०७० मा राष्ट्रिय सतर्कता केन्द्र१३
सिंहदरबार भित्र ।।१२।।

०७२ मा पदोन्नति भै उपसचिव भए
स्वेच्छिक रुपमा उपत्यकावाट बाहिरीएँ ।
निर्वाचन आयोग/ क्षेत्रीय निर्वाचन अधिकारी१४
मध्यपश्चिम बाँके पदस्थापन ।।१३।।

ऎतिहासिक स्थानीय, प्रदेश र संघीय
निर्वाचन सम्पन्न गरियो ।।
तटस्थ र प्रतिबद्ध निजामती राष्ट्रसेवकको
गहनतम् भुमिका निर्वाह ।।१४।।

स्थानीय तह सुदृढीकरण स्वेच्छिक रुपले
बबई गाउँपालिका हापुरेमा१५ काज ।
छोटो समय पौने एक बर्षमै धेरै महत्वपूर्ण
सम्पादन भए कामकाज ।।१५।।

कर्मचारी समायोजन आफ्नै पहिलो रोजाईको
संघमा समायोजन भैयो ।
राजापुर नगरपालिका१६, बर्दियामा
०७५ सालमा काजमा खटाईयो ।।१६।।

स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत
कार्यकारी प्रमुख भुमिकामा ।
सफ़लतापुर्वक इमानदारी कर्तव्यबोध साथ
कार्यसम्पादन भयो तहाँ ।।१७।।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय१७
सिंहदरबार भित्र स्वेच्छिक माग ।
पदस्थापन भई हाल कामकाज यहीँ
खेलकुद बिकास महाशाखा ।।१८।।

एकतिस बर्ष जागीर यात्रा पनि
भयो अब पूरा ।
अब महिना दिन भन्दा नि कम छ
मेरो निजामती सेवा - यात्रा ।।१९।।

नाम कमाउने जागीर हैन
धन पैंसा कमाईएन ।
वृत्ति सीप हाँसील गरियो
सन्ततीलाई उच्च शिक्षा ।।२०।।

कहिँ कसैले खोट लाउने
काम गरिएन ।
चाकडी र चाप्लुसीमा कहिले
मन गएन ।।२१।।

सादा जीवन स्वच्छ विचार
अध्ययनशिल बनि ।
पहाड मधेस तराई उपत्यका
सबैतिर घुमी ।।२२।।

नयाँ२ चुनौतीपूर्ण जिम्मेवारी लिई
सबैसँग सौहाद्रता रहि ।
सहकार्य राजनीति झण्डा बोकिएन
दलीय भाग बण्डा भित्र कहिले छिरिएन ।।२३।।

अब धेरै छैन अनिवार्य अवकाशको
दिनगन्ती भो सुरु ।
निजामती सेवा एउटा त्यस्तो रैछ
आफै आफ्नो गुरु ।।२४।।

मन वचन कर्मले नै गर्दा सदैव सेवा भाव
सन्तुष्टिको सीमा छैन आनन्द जीवन ।
सेवा नै परम धर्म कर्म नै पुजा आदर्श वाक्यमा
झल्किन्छ सधैं गरिमा गौरव आदर्श भावमा ।।२५।।

अवकाशप्राप्त पश्चात् छैन है कसैको आश
निगाह कृपा र भरोसा ।
पेन्सन जो दिन्छ त्यसैमा सन्तोष राज्यको सेवा
यसकै छ गौरव आशा र भरोसा ।।२६।।

उल्लेखनीय राज्यको कार्य सम्पादन गर्न
भुमिका पाईन कि । ?
तिर्खाएर खोला तिर म स्वयं अभिमुख भै
धाएर गैयन कि  ?।।२७।।

लाग्दछन् कहिले तर्कना जहिले सार्थक देख्दिन ।
बनावटी शब्दजाल भरी म केही लेख्दिन ।।
जे देखे भोगे यथार्थ लेखे राष्ट्रको गौरव गरिमा ।
गुणगान कोही व्यक्तिको गाउन ठान्दैन महिमा ।।२८।।

जति नै बाँच्छु खुशी र सुखमा घमण्ड रिसराग हटाई ।
एकदिन अवश्य मर्नुनै पर्छ सबले धर्तिवाट बिदा भइ ।।
चार दिनको जीवन तीनदिन बित्यो एकदिन बाँकी छ ।
भोलीको दिन त्यो दिन हुन्छ भन्ने भाव मनमा राख्नुछ ।।२९।।

एक दिनमा मैले के गर्न सक्छु त्यै योजना बुन्दैछु ।
हजारौं हजार मनका तिर्सनावाट एकएक छान्दैछु ।
प्रारब्ध भाग्य कर्मको जालो स्वयं  मानिस भित्र छ ।
कस्तुरी विणा नचिनी स्वयं बाहिर भौंतारिदै दगुर्छ ।।३०।।

मेरा गुरुवर सारा,आफन्त सहकर्मी साथीभाइ ।।
धन्यवाद दिन्छु सम्झिरहन्छु मलाई चिन्नेहरुलाई ।।
साहित्यिक स्वरुप जानिन  आलंकारिक व्यञ्जन ।
अनुभव मेरो तिनदशक भन्दा बढी धेरै क्यै लेखिन ।।३१।।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर, काठमाडौं, नेपाल ।
[शुक्रबार ४ असार २०७८ शुभम्]

Comments

Post a Comment