२४२. मेरी आमा ❤️🙏

 मेरी आमा ❤️🙏

पुञ्जनिय "मेरी आमा" साहित्यकार तथा मुखाखर कवि राप्ती साहित्य परिषद् समेत विभिन्न संघ संस्थाहरुवाट सम्मानित नारी श्रष्टा आदरणीय मेरी आमा श्री भावना अधिकारी आज मिति २०७८/०३/१२ वाट ७५ बर्ष "स्वर्ण जन्मोत्सव" को शुभ अवसरमा आज बिहान् मोबाईल फ़ोन मार्फत आमाको जन्मदिन सम्झाए । बन्दाबन्दीको भेटघाट हुन असमर्थ रहे पनि कुशलता हाल खवर अवगत भयो । साहित्यिक मित्र, आफन्तजन र शुभेच्छुकहरुमा सार्वजनिक गरेको व्यहोरा सहर्ष सम्प्रेषण गर्दै "मेरी आमा" कविता आमा महतारीमा समर्पित आफ्नै रचना ❤️🚾🙏                             
                        
✍️ आमा भावना अधिकारी
तुलसीपुर उपमहानगरपालिका-१७ दाङ, लुम्बिनी प्रदेश, नेपाल
मेरो स्थुल शरिरमा हरबखत, सञ्चित रजको गरि । अमृत पान सरि दुग्धपानले, पोषित गरि तन भरी । दशमास गर्भमा समाहित लिई, जन्मायौं यश धर्तीमा ।२ यो ब्रह्माण्ड सृष्टिमा तिमी समान, क्वै छैन महान आमा२ ।।१।। मातृवात्स्ल्य दया र करुणा, प्रेमामृत पिलाई दिनदिन । सन्तानकै वृद्धि सुखमा, तल्लीनता लिई क्षण क्षण ।। बाबुको बिजमा परिपुर्ण रजले, मानव बनायौं जब ।२ पृथ्वी माताको आश्रय लिई, हुर्केर बढ्यौं अब ।।२ ।।२।। लाखौं लाख स्नेह प्यार - ममता, मातृत्व सद्भावना । परमईश्वर र सर्वश्रेष्ठ तिमी नै, जन्मदायिनी आमा ।। खोक्रो शब्दले मात्र कसरी म, बर्णन गर्न सक्छु र ?२ । साक्षात् जीवित देवी आमा, सृष्टि नै तिम्रो भर ।।२ ।।३।। बाबुको जिम्मेवारी पनि हरतरहले, पूरा गरेकी थियौं । शिक्षा दीक्षा र परिपुर्ण ज्ञान-गुणले, सम्पन्न गरि दियौं ।। अभाव अपुर्णता दु:खमा पनि, सदैव कर्तव्य पूरा गरि ।२ एउटी महान आमाको तपस्या, पूरा गर्यौं हर घडी ।।२।।४।। राष्ट्रसेवकको महान गरिमा, जिम्मेवारी लिई काँधमा । हजुरकै दिशा -निर्देशले म पनि छु, निजामती सेवामा ।। देश र जनसेवामा एउटा, बिना बर्दीको सिपाही जस्तैः भइ२ । पूरा गर्नेछु सदैव कर्तव्य, हजुरकै शिक्षा र दीक्षा लिई ।।२ ।।५।।                                ✍️ समाप्त 🙏 📝 रचनाकार: बसन्तराज अधिकारी स्थायी ठेगाना : घोराही उपमहानगरपालिका, दाङ @ कीर्तिपुर, काठमाडौंं, नेपाल परिमार्जन मिति २०७८ आषाढ १२ गते शनिबार आमा महतारीको ७५ औं शुभजन्मोत्सब, २०७८ शुभम् । 📒 स्थानीय र राष्ट्रियस्तरका पत्रपत्रिका र स्वयं My autobiography श्री वसन्तराज अधिकारी page वाट समेत Live कविता वाचन गरिएको ।

Comments

Post a Comment