२४९. निवृत्त - चिन्तन

निवृत्त - चिन्तन                                                                                              

  📝 वसन्तराज अधिकारी
                     घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

आमाको कोखमा जन्मेर आयौं
रुँदै यो संसारमा ।
एकदिन  अवश्य संसार छोडदा
हाँस्दै मर्न सकुँ आमा ।।१।।

थाहा छ नश्वर यो जिन्दगानी
मरणशिल चोला हो ।
को छ र अजर अमर याहाँ
मानिस रुप जन्मेको ।।२।।

शिक्षा र वृत्ति दु:ख सुख जीवनमा
शाश्वत सत्य छन् ।
सबै चिज आखिर सुख भोग पश्चात्
निवृत्त बन्दछन् ।।३।।

प्रवृत्त जीवन शाश्वत जन्म
कर्म बन्धन निवृत्त अन्ततः ।
अतृप्ति वासना लोभ मोहपास
पापी र असत् छ जगत ।।४।।

जाग्रत स्वप्ना सुषुप्त - अवस्था
लौकिक मानव जीवन ।
जीवन मृत्युु सकिन्छ देख्न
अन्तरज्ञान् चक्षुमा ।।५।।

गीताको ज्ञान बैराग्य जीवन
मुक्तिको उत्तम मार्गमा ।
फ़ेरि म जन्म लिन नआउँ
आमाको गर्भमा ।।६।।

जन्म र मरण चक्र छ जुन
तोडन झन कठिन ।
अकर्ममा महान कर्मद्रष्टा
त्यहीँ हो निवृत्त जीवन ।।७।।

सुखको तृष्णा तृण सरि
दु:ख सुख समान ।
सार्थक जीवन तब मात्र हुन्छ
परमानन्दमा रम्छ मन ।।८।।

नराखी आशा अपेक्षा कुनै
निरन्तर सत्कर्म गरेर ।
महानआत्मा परमात्मा मिल्छन्
जीवन भोग सकेर ।।९।।

उत्तम जीवन यो मानव चोला
स्वाध्याय कर्म - रहित बन्धन ।
परमार्थ चिन्तन नित्य क्रियाशिल
महाव्रत धारण निवृत्त - चिन्तन  ।।१०।।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर, काठमाडौं, नेपाल
[बिहीबार १७ आषाढ २०७८ शुभम्]

Comments