२३०. एक प्रौढको डायरी : समसामयिक कविता

 एक प्रौढको डायरी : समसामयिक कविता [जेष्ठ नागरिक दुर्व्यवहार सचेतना दिवस १५ जून २०२१] राष्ट्रिय नारा : जेष्ठ नागरिकलाई न्यायमा पहुँच

              
✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
मेरो पनि वालापन थियो न शोक नसुर्ता । न भोक न भकारी ।।१।। रमाईलो थियो त्यो दुनियाँ । खायो सुत्यो उफ्रियो खेल्यो ।।२।। सुखद बिपना उन्मुक्त जीवन । खेल्दा खेल्दै यो अवस्था हरायो ।। ३।। केही दिन त अति पिर लाग्यो । वालसखा आनन्द छुटेकोमा ।।४।। सम्हालिए आफै भित्रवाट । केही दिनमै नयाँ परिवर्तन आयो ।।५।। युवावस्थाले मलाई च्याप्प समायछ । ओंठमा जुँघा रेखी सुकुमार वय ।।६।। वालापन गएर के भयो ? झनै राम्रो किशोर युवा भैयो । धेरै२ रमाए नयाँ२ साथी पाएँ ।।७।। एउटा अन्तराल सकिएपछि । युवावस्था पनि म बाट बिदा भयो ।। प्रौढ र पुर्व बृद्धअबश्थाका सुक्ष्म संकेत देखिन थाले तनमन भित्र ।।८।। यहीँ बेला हो मलाई धेरै२ जिम्मेवारी पारिवारिक सामाजिक र राष्ट्रिय । कार्यचाँप बोझिला कर्तव्यका भारी ।।९।। सकि नसकी उठाउँदैछु कार्यबोझ । अनुभव परिपक्वता सहनशीलता ।। योग्यता सक्षमता स्वविवेक सबैछ ।।१०।। परन्तु, केहि दिनको पाहुना जस्तैः म वाट बिदा हुनेछ । फ़ेरि यो शरीर रहनेछैन ।। अशरिरी भए पनि म अझै सुखी र खुशी हुने कुरामा भने दुईमत छैन ।।१।। °°°°°समाप्त°°°°° ✍️ लेखक, कवि तथा साहित्यकार : बसन्तराज अधिकारी @ कीर्तिपुर, काठमाण्डौं रचना मिति शनिबार १२ जेष्ठ २०७५ राजापुर, बर्दिया ।

Comments