२४७. सन्दर्भ : १५ असार, २०७८ म हुँ एक किसान

      सन्दर्भ असार पन्ध्र : म हुँ एक किसान 

एल्बम फाईल तस्बिर 📘 भाइ बाबुराम अधिकारी साथमा दाइ जीतबहादुर विश्वकर्मा समेत आफ्नैं खेतमा 
        तुलसीपुर उपमहानगरपालिका - १७ मजगाउँ, दाङ                     (साविक मानपुर गाविस वार्ड नं.८ मजगाउँ, दाङ)                                 [संस्मरण : वि.सं.२०४० साल]
                                                                                              अत्यन्त मेहनती, म हुँ एक किसान ।

सगरमाथा झै छ उच्च, मेरो स्वाभिमान ।।१।।


अन्न भण्डार दाङको, फाँट हरियाली ।

मेरै पसिनाले झुल्छ, लटरम्म बालीनाली  ।।२।।


मलाई ठूलो दरबार, पनि चाहिँदैन ।

मिठा मसिना कुरामा, पनि लोभ छैन ।।३।।


जे मिल्छ सन्तोष, मेहनत गरेर खान्छु ।

असन्तोष पाल्न, म त व्यर्थ  ठान्छु ।।४।।


सम्पत्तिको लोभ, मलाई रत्तिभर छैन ।

धनी हुनाले, किमार्थ सुख पाईदैन ।। ५।।


बिहान् चाडैं खेतबारीमा, हल गोरु नारि ।

जोति खनी खेती, गरि सबै तयारी ।। ६।।


लहलह झुली, धान फलाउँछु खेतमा ।

आनन्द खुशी आउँदछ, यो मनमा ।।७।।


भुल्दछु सारा दु:ख, पिर निराशा ।

कृषि नै हो हाम्रो, जीवन बाँच्ने आशा ।।८।।


सपना छ मेरो बनाउने, धर्ती हराभरा ।

यसैमा छ हाम्रो बाँच्ने, जीवन ~ गुजारा ।।९।।


स्याहारेर अन्न पुर्याउँदछु, सबै जहानलाई ।

यहिँ मै छ हर्दम गौरव, स्वाभिमान मलाई ।।१०।। 


📒 वालककालमा आमा श्री भावना अधिकारीको मुखारविन्द वाट श्रुतिस्मृतिको आधारमा सुनि मुखाग्र भएको थप परिमार्जन सहित । साथै स्थानीय राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रकाशित भएको । 

Comments