२३१. मोबाईल महिमा

 मोबाईल महिमा

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
स्वप्नावाट म व्युझदैं जब थिए, प्रभात लाली छरी । सिर्सिर चिसो पवनको, स्वप्निल मीठो स्पर्श गरी ।।१।। खुले चक्षु द्वय स्मृति पनि भयो, दैनन्दिन जीवन । सेवकको रुपमा कर्तव्य पथमा, सम्पादित नित्यकर्म ।।२।। चियापान संगै हटेर तन्द्रा स्वतस्फूर्त, जागृत भै । टिपोट लेख प्रशासनिक निर्णय, बित्छ दिनचर्या यहीँ ।।३।। फेसबुक मैछ यहाँ अटुट मित्रता, कस्तो बस्यो पिरती ।२ साथीभाइ खवर र सूचना सब छन्, नियम र रीती ।।४।।२ मोबाईल मै छ बैंक हिसाब टेलीफोन, समय अर्लाम घडी । देशबिदेश सबतिरको खवरखावर, आउँछ निमेष भरी ।।५।। रेडियो टेपरिकर्डर भिडियो टर्चलाईट, अनलाइन डायरी । युटुव इन्स्टेग्राम ट्विटर गीत गजल, संगीत र शायरी ।।६।। जन्मने यहीँ भेटिने र मरने सब यहीँ, कङ्ग्रेजुएसन रिप । अमेरिका युरोप खाडी मुलुक यहीँ, सब देशबिदेश ।।७।। सेल्फी क्यामरा र थरीथरी, फोटोग्राफी तस्बिर भरी । चाडबाड आउनु पुर्व साथीभाइ, शुभकामना भरीभरी ।।८।। हजार जिभ भएका शेष नागले पनि, बर्णन नसक्ने पूरा । च्याटमा वैरिन्छन् देश बिदेशका, मिठा मनोरम कुरा ।।९।। अनलाइन दुनिया अचम्म रसिलो छ यो, स्वर्गैसरी लाग्दछ । यसको लत जब जाग्दछ भोक निन्द्रा, शोक भाग्दछ ।।१०।। कुरा हुन छोडे पारस्परिक यहाँ अब, एकल भयो मानव । साथीत्व सद्भाव मित्रता सब, औपचारिक भयो अब ।।११।। जत्ती फाईदा छ नि सूचना प्रविधिको, बिकृती बिसंगती । व्यविचार चरित्र हिन नग्न बन्दैछ, अन्तरंग जीन्दगी ।।१२।। साईबर ल पनि छ नियन्त्रण गरे अब्बल, छ टेक्नोलोजी । सहि सदुपयोग गरि नरहे कहिल्यै, दुष्कर्म र बिकृती ।।१३।। नुतन समयको यो बेजोड चाहना, पिडि र पुस्तान्तर । सारा सबको हात हातमा मोबाईल, यस्कै छ पुर्णभर ।।१४।। अशिक्षित देखि विद्वान सब जन, यसकै प्रयोग गर्दछन् । दैनिक हजारौं एप्सहरुको बढदो, प्रयोग छ दिनदिन ।।१५।। मोबाईल महिमा अपार अवर्णनिय संक्षेप सार जो कहे ।२ सूचना प्रविधि दुनियाँ, मोबाईलमै संसार अटनेभए ।।१६।।२ ✍️ रचनाकार : बसन्तराज अधिकारी रचना मिति : २५ भदौं २०७४ क्षेत्रीय निर्वाचन कार्यालय, बाँके, नेपालगन्ज @ राजापुर नगरपालिका कार्यालय, बर्दिया ।

Comments