२४४. नेपाली जनवादी गीत मेरो देश नेपाल

नेपाली जनवादी गीत

मेरो देश नेपाल                 

📘 वसन्तराज अधिकारी
    घोराही उपमहानगरपालिका, दाङ, लुम्बिनी प्रदेेेश, नेेपाल                

मेची र कालीको साँधली, छानो छ जस्को हिमाल ।
सुन्दर शान्त विशाल, यै मेरो देश नेपाल ।।

पहिलो सास फेरेको जन्मस्थल हाम्रो यहीँ हो ।
जहाँको अन्न पानीले नेपाली सारा हुर्कियो ।।
संसार भरी नेपाली बहादुर भनि चिनियो ।।
सगरमाथा शिरमा बुद्धको जन्मस्थल छ ।।

मेची …………………………
सुन्दर…………………………।

चोरेर भोक टार्दैनौं मागेर कदापि लाज छोप्दैनौं ।
संस्कृति आफ्नो जोगाउँछौं स्वाभिमानी बन्दछौं ।।
सगर्व बाँच्न सक्दछौं हामी विश्वमा सान राखेर ।
को छैन होला सन्तुष्ट नेपालमा जन्मन पाएर ।।

मेची ……………………………
सुन्दर………………………………।

पहेँलो फाँट भन्दछ भोकले मर्नु पर्दैन ।
जगतले हाम्रो भन्दछ तिर्खाई बस्नु पर्दैन ।।
गुराँस फुलि सर्वत्र याहाँ शान्तिस्थल बन्दछ ।
डाँफे र मुनाल घुमेर मिलेर बसौं भन्दछ ।।

मेची ……………………………………
सुन्दर …………………………………।

कर्म नै हाम्रो पुजा हो आदर्श हाम्रो एकता ।
मित्रता हाम्रो नीति हो संस्कार हाम्रो वीरता ।।
कसैको हक खोस्दैनौं परेमा हामी लत्रन्नौं ।
यै देशमा बाँच्न चाहान्छौं टाढाको स्वर्ग चाहान्नौं ।।

मेची……………………………………
सुन्दर…………………………………।

अनेक जात समेटी छातिको न्यानो दिएर ।
काम र माम बाँडेको सन्तान एउटै मानेर ।।
छ भने कतै बिश्वमा सुन्दर शान्त विशाल ।
गौरव गर्दै म भन्छु यै मेरो देश नेपाल ।।

मेची…………………………………
सुन्दर………………………………।

रचना : प्रचण्ड ब. बुढाथोकी
संगित : रामकृष्ण दुलाल

संकलन परिमार्जन लेखन
📘वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
[सोमबार १४ आषाढ २०७८ शुभम्]

Comments