२४३. किसान कविता

किसान कविता        

📝 वसन्तराज अधिकारी
    घोराही उपमहानगरपालिका, दाङ, लुम्बिनी प्रदेश, नेपाल                                                                                           अत्यन्त दु:खित म हु खेतिवाला ।                                              मेरो छ सामान्य नराम्रो चाला ।।  

      
मलाइ ठूलो घर चाहिदैन ।      
मिठा कुरामा पनि लोभ छैन ।।    
  
जो मिल्छ सन्तोष गरेर खान्छु ।    
रोर्याइ गर्न म त व्यर्थ ठान्छु ।।
    
सम्पतिको लोभ मलाइ छैन ।          
धनी हुनाले सुख पाइदैन ।।

बिहान चाँडै हलगोरु नारी ।
जोति खनी खेती गरि तयारी ।।

उमार्दछु अन्न भरी भकारी ।
पुर्याउँदछु जहाँन र आश्रितहरुलाई ।।

अत्यन्त दुखित म हु खेती वाला ।
मेरो छ सामान्य नराम्रो चाला ।।
             
(वालककाल बि.सं. २०२५-२०२६ साल ताका कवि तथा साहित्यकार आमा भावना अधिकारी को मुखारविन्दवाट श्रुति स्मुतिको आधारमा श्रवण गरि पुनः सम्झना )

श्रुति स्मृतिकार

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर, काठमाडौं, नेपाल
[आइतबार १३ आषाढ २०७८ शुभम्]

Comments