२३४. प्रिय आफन्तजन, साथीभाइ र शुभेच्छुकहरु हार्दिक अभिवादन धेरै२ प्यार ❣️🌻🙏

 प्रिय आफन्तजन, साथीभाइ र शुभेच्छुकहरु                              हार्दिक अभिवादन धेरै२ प्यार ❣️🌻🙏               

छोरी सुश्री विपना अधिकारीका साथमा म बुबा बसन्तराज अधिकारी, आमा श्रीमती एशोदा अधिकारी, कान्छी बहिनी तथा फुबु श्रीमती सीता शर्मा अर्याल, जुवाई तथा फुवाजु श्री थमनारायण शर्मा अर्याल, जेठो साला तथा ठूलो मामा श्री नारायण सुवेदी, छोरा तथा दाइ श्री विशेष अधिकारी, भाञ्ज तथा दाई श्री अमृत अर्याल र भाञ्जी तथा बहिनी सुश्री स्तुति अर्याल सहितको पारिवारिक तस्बिर मिति २०७८/०३/०५ शनिबार पुर्वान्ह श्री गणेश पुजा, ग्रहशान्ति, दोष निवारण र नान्यमुखि श्राध्द सहितको कार्यक्रम पश्चात् सामुहिक तस्बिर 

बिश्वब्यापी महामारी  कोरोना भाइरस कोभिड -१९ को दोस्रो लहरको प्रकोपवाट दैनिक सयौं मानव संक्रमण र मृत्यु भैरहेको यश बिषम भयावह परिस्थितिमा  पुर्वनिश्चित शुभ कार्यक्रम रोक्न सकिएन बरु आफन्तजन, साथीभाइ र शुभेच्छुक मित्रवर्गहरुले अदृश्य (Virtual) माध्यम वाट शुभकामना दिनुहुनेछ भन्ने पुर्ण आशा एवम् विश्वासका साथ ………

श्रीमती एशोदा अधिकारी तथा वसन्तराज अधिकारीको सुपुत्री आयुष्मती श्री बिपना अधिकारीको तारकेश्वर नगरपालिका निवासी श्रीमती संगीता फुयाल तथा श्री राजु फुयालका सुपुत्र चिरञ्जीवी श्री रोहित फुयालको साथ मिति २०७८/०३/०७  सोमबारको शुभ साईत शुभ विवाह कार्यक्रमको पुर्वान्ह आज मिति २०७८/०३/०५ शनिबार पुर्वान्ह ग्रहशान्तिको शुभ अवसरमा

एउटा साहित्यिक रचना र केही तस्बिरहरु सबै आफन्त, साथीभाइ र शुभेच्छुकको जानकारी हेतु सम्प्रेषण गरेको छु ।

यो लिङ्क खोलेर हेर्नुस् https://m.facebook.com/story.php?story_fbid=2179459098888414&id=100004730354139

नारी हुन् स्वरुप सरस्वती लक्ष्मी र दुर्गा त्यतिकै भनिएन ।
सृष्टि सभ्यता नियामक मानव कल्याण त्यत्तिकै बनिएन ।।

खुशीको क्षणमा पनि मनमा अव्यक्त बिरह लाग्दोरहेछ ! ।
अभिभावकत्व भुमिकामा पनि रुपान्तरण हुँदोरहेछ ।।१।।

शाश्वत प्रचलन रीतिरिवाज संस्कार मूल्य र मान्यता ।
अ-आफ्नो धर्म कुलाचार लोकाचार पालन पितृसत्ता ।।२।।

जन्माई हुर्काई काखमा राखि बढाई पढाई लेखाइ ।
ज्ञान र गुण निपुणता साथ सक्षम र सुयोग्य बनाई ।।३।।

शास्त्रीय परम्परागत धार्मिक बिधिसाथ कन्यादान दिलाई ।
बिबाह पद्धति बिधि बिधान रीतिरिवाज धर्म पुराई ।।४।।

आषाढ शुभ  दिन पुर्वान्ह ग्रहशान्ति बुकुवा घसाई ।
आधुनिक सर्वसम्मत स्वयंवर बधु राजीखुशी गराई ।।५।।

स्वहात वाट परहात थामी बिधानपुर्वक वर बधु मिलाई ।
गृहस्थ बनि मानव सृष्टि थाम्ने ढोका खोल्नमा सघाई ।।६।।

छोरी आफुलाई भन्दा धेरै नै माया तिम्लाई लाग्दछ ।
कलेजी टुक्रा मुटु भित्र मायारुप चसक्क भिज्दछ ।।७।।

दुई परेली नयन अनवरत भिजिरहेछन् खुशी छ तथापि ।
सौभाग्य हो त्यो पनि थाहा छ अन्तरज्ञान चक्षु लाई ।।८।।

नारी हुन् स्वरुप सरस्वती लक्ष्मी र दुर्गा त्यतिकै भनिएन ।
सृष्टि सभ्यता नियामक मानव कल्याण त्यत्तिकै बनिएन ।।९।।

सन्त्राश छ विश्व यो मानव जाति महामारी व्याप्त भै ।
बिधि व्यवहार गरौं उचित  स्वास्थ्य मापदण्ड पुराई ।।१०।।

📝 वसन्तराज अधिकारी
तारकेश्वर नगरपालिका ओशो तपोवन नजिकै
[शनिबार ५ आषाढ २०७८ शुभम्]

Comments