अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस [विश्व मुस्कान दिवस, २०७८ अक्टोबर १, २०२१ सन्दर्भ]
📝 वसन्तराज अधिकारी |
एकदिन सबै मानिस बूढो,
पनि हुनै पर्दछ ।
जन्म पश्चात् अन्ततः मृत्यु,
अवश्यम्भावी छ ।।१।।
वालापन वित्यो हाँसखेलमा,
किशोर सिकाई ।
युवामा शिक्षा र दीक्षा,
प्रौढ र बृद्धअबश्था भोगाई ।। २।।
दु:ख रैछ गुरु जीवनको,
सुखरुपि मृगतृष्णा ।
भुलेछ मानव भोगको,
लिप्सा र काम वासना ।।३।।
सुखको सुत्र नविर्स कहिल्यै,
"भुल" र "क्षमादेउ" ।
"समदर्शी सुखी भवेत" मन्त्र,
अन्तस्करणमा लिउ ।।४।।
दु:खले गर्छ सृष्टि सिर्जना,
सुखको मुल यही ।
सुखको तृष्णा मेटिन्न कहिल्यै,
आशक्त भएरै ।।५।।
जन्मनु दु:ख मृत्यु हो सुख,
भन्छन् नि महात्मा ।
शरीर मर्छ परन्तु आत्मा,
कहिल्यै नि मर्दैन ।।६।।
जीवन जीवनान्तर चल्दैछ यात्रा,
यो शुन्य संसारमा ।
धन्य छन् जन्म दिने जगतमा,
आमा र बुबा ।।७।।
जन्मेको सार्थक कर्ममा हुन्छ,
परोपकार धर्म ।
बुझ्नुपर्छ दु:खी असहायको,
भावना र मर्म ।।८।।
मानव भित्र ईश्वर छ मित्र,
काँ खोज्छौं भडकिदै ।
चौरासी लाखको योनिमा,
डुबुल्की मारदै ।।९।।
डाँडाका जुन बुढा बा आमा,
सम्झना प्रेम अगाध ।
हजुरकै आशीर्वचनले चल्दैछ,
यो मानव जीवन ।।१०।। घर परिवार टोल समाज राष्ट्र र राज्यद्वारा जेेेष्ठ नागरिकमैत्री व्यवहार सम्मान र सेवा सुविधा प्रत्याभूति भएमात्र साँँचो अर्थमा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सार्थकता हुने बिषयमा विश्वस्तता हुनेछ ।।११।।
रचनाकार :
✍️ रचनाकार : बसन्तराज अधिकारी
स्थायी ठेगाना : घोराही उपमहानगरपालिका, दाङ
श्री हाम्रो भावना राष्ट्रिय दैनिकमा प्रकाशित भैैैसकेको ।
रचना मिति : जेष्ठ नागरिक दिवस, २०७७-०६-१५ बिहीबार शुभम् । पुनः परिमार्जन मिति २०७८-०६- १५ अन्तर्राष्ट्रिय जेेेष्ठ नागरिक दिवस, २०७८ तदनुसार अक्टोबर १, २०२१
Comments
Post a Comment