२३५. कविता शिर्षक : छोरी तिमी सौभाग्य हौं मेरो जीन्दगीको यात्रामा……

कविता शिर्षक : छोरी तिमी सौभाग्य हौं मेरो जीन्दगीको यात्रामा……              

छोरी श्री विपना अधिकारी ज्वाइँ श्री रोहित फुयालका घरपरिवार र हामीहरू समेत सामुहिक तस्विर @ तारकेश्वर नगरपालिका, काठमाडौंं  (ओशो तपोवन नजिकै) 
   

[छोरी विपना अधिकारीको शुभ विवाह कन्यादान कार्यक्रम आज मिति २०७८-०३-०७ सोमवारको शुभ साइतमा सम्पन्न]


प्यारी छोरी तिमी हाम्रो घरमा जन्मभए पश्चात् ।

शिक्षा मन्त्रालय केशरमहलमा मेरो सरुवाको साथ ।।१।।

तिम्लाई प्रेमवत काखमा हुर्काउँदै साक्षर बनाउँदै ।

राजनीतिशास्त्र एम.ए. र बीएल कानुन सकाउँदै ।।२।।

तिम्रो स्कुले शिक्षा साथैं शाखा अधिकृत पास भए ।

सिकाउँथे तिम्लाई अन्तर्मन मेरो बुद्धि मान्दै रहे ।।३।।

तिक्ष्ण प्रतिभाको धनी मेरा अफिसर व्याट २१ साथी ।

पाँच पढदा ७३ नाम जान्दा चिन्छन् सबै साथी ।।४।।

नेशनल लाईब्रेरी र एकेडेमी जान्थेउ तिमी मेरो साथ ।

शिक्षा मन्त्रालय पाठ्यक्रमका पुस्तक तिम्रा हात ।।५।।

मुना बालपत्रीका र अरु कथाहरू तिम्लाई मन पर्ने ।

अध्ययनशिल बिद्यालयमा अब्बल  तिम्रो बानी ।।६।।

मम्मी, दादा सिकाउँथे राम्रा गहकिलो ज्ञानका कुरा ।

पुर्णतासाथ ज्ञानगुण लिन्थेउ सदातिमी सुरापूरा ।।७।।

अध्ययनको अनौपचारिक  साथी तिमी सानी छोरी ।

तिमीसँगको सामिप्यताले स्वयं परिमार्जन गरि ।।८।।

 तिमीलाई नेपाल सरकारको अफिसर बनाउनु थियो ।

त्यो सदिच्छा अब ज्वाईसाबको काँधमा सुम्पियो ।।९।। 

माइत जस्तो आत्मीयतामा रिझाउनु घरपरिवार लाई ।

यो बाबुको सपना पूरा गर्नु सधैं अध्ययनशिल भइ ।।१०।।

ह्रदय र नयन द्रविभुत भैरा छ धेरै अब म के भनुँ र ? । 

आफै गुन्नु जान्नु सदा असल र सक्षम नारीरत्न बन्नु ।।११।।

आलस्यता त्यागी अघि बढनुपर्छ जीवनमा केही गर्न । 

समर्थबान भए सकिन्छ जस्तो सुकै असहजता टार्न ।।१२।।

कानुनमा स्नातक सम्म पढाएका छौं शिक्षादीक्षा पुर्ण ।

पुर्ण आशा विश्वास छ सक्छेउ जीवनमा केही गर्न ।।१३।।

डोलिमा तिम्लाई अन्माएर आज हाम्ले पठाएतापनि ।

भावनात्मकरुपमा सधैं हामी छौं तिम्रै साथमा नि ।।१४।।

अन्त्यमा जसरी हाम्रो आँखाको नानी भएर बसिथ्यौं ।

आफ्नो घरलाई पनि सुन्दर बनाई सबको प्रिय हुनेछौं ।।१५।।

सौभाग्यशाली शताशय आयु सफल होस् दाम्पत्य जीवन ।

सदैव स्वस्थ्य खुशी  देख्नपाउने इच्छा राख्दछ यो मन ।।१६।।

हामी आमा बाबू र दाजु आफन्तजन स्वजन साथीभाइ ।

 उपस्थित सबमा हार्दिक नमन प्रतिनिधित्व  जनाई ।।१७।।


📝 वसन्तराज अधिकारी

✍️ तारकेश्वर नगरपालिका (ओशो तपोवन नजिक) काठमाडौं, नेपाल [सोमबार ७ आषाढ २०७८ शुभम्]

Comments