२१६. कोरोनाको कहर ! लाग्दैछ डर !!

कोरोनाको कहर ! लाग्दैछ डर !!

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर, काठमाण्डौं, नेपाल
कोरोनाको कहर लाग्दैछ डर । कोरोनाको कहर लाग्दैछ डर जीन्दगीको क्यै छैन भर ।।१।। जीवन हो रहर मृत्यु छ डर संयमता अपनाउने गर ।।२।। न क्यै छ ओषती होशियारी मति सहज छैन बिताउन जीन्दगी ।।३।। धनी गरीब भन्दैन साना ठुला जान्दैन उमेरको सीमालाई मान्दै मान्दिन ।।४।। अदृश्य रोग हो यो संक्रमण भैदिन्छ ख्यालख्यालमा अमुल्य जीवन गैदिन्छ ।।५।। आफू  बुझौ पहिला परिवारलाई बुझाउ समाज र राष्ट्रलाई बुझाउँदै जाउँ ।।६।। आफू गर्ने लापरबाही दोष दिने अरुलाई दृष्टि दोष सर्वथा हटाउँदै जाउँ ।।७।। शहरमा कहर छ अस्पताल भरिए आफ्नो ख्याल विचार आफै पुर्याउँ ।।८।। गल्ती गर्ने आफुले दोष दिने सरकारलाई नविर्सौं आफ्नो गल्तीको परिणाम भोग्ने आफैले ।।९।। सडकमा जूलूस नारावाजी गर्दैछ यस्तो मौका पाएमा के कोरोनाले छोडदछ् ? ।।१०।। कोरोनाको कहर ! लाग्दैछ डर !! ✍️ रचनाकार : बसन्तराज अधिकारी रचना मिति : २०७७-०६-२३ शुक्रबार रचना स्थल : राजापुर नगरपालिका वार्ड नं. ३ उत्तरटेडिया, बर्दिया 📝स्थानीयस्तरमा राष्ट्रियस्तरका पत्र पत्रिकामार्फत प्रकाशित ।

Comments