२१९. सङ्गी साथी छुटदै जान्छन ! घटदै जान्छ यौवन !!

 सङ्गी साथी छुटदै जान्छन ! घटदै जान्छ यौवन !!       

✍️ वसन्तराज अधिकारी
                         घोराही उपमहानगरपालिका, दाङ                                               @ कीर्तिपुर, काठमाडौंं, नेपाल                                                              

सङ्गी साथी छुटदै जान्छन, घटदै जान्छ यौबन ।
कहिले पनि बूढो नभै युवा हुने,  मानिसको मन ।।१।।

मनै राजा  भएपछि  तनै काजी, धन त हो नोकर  ।
सबै लाई था भाकै हो के सुनाउनु, नयाँ खबर खावर ।।२।।

बाल्यकालका सँङ्गी साथी, जवानीमा कतिपय छुटे ।
छुट्या साथी कति फेरि, फेसबुकवाट पुनः भै जुटे ।।३।।

छुटनु जुटनु परिस्थिति परिबन्ध, स्वबसको कुरा छैन ।
बिचार,पेशा र कामले बनाउँछ, एकअर्कामा अभिन्न ।।४।।

बाल्यकालका ध्रुबे, पप्पु, क्षेत्री, थारु गाउँका चौधरी ।
जवानीका क्याम्पसका साथी, पढाउँदा मास्टरजी ।।५।।

लोक सेवा पढन थाल्दा लोकसेवी, पुस्तक प्रेमी मित्र ।
जागीरमा सचिव देखि सहयोगीसम्म, कर्मचारी  मित्र ।।६।।

बिरामी भै अस्पतालमा डाक्टरजी, हुन परम मित्र ।
बिश्वबिद्यालय पढदा ज्ञानसागरका, गुरुवर्ग मित्र ।।७।

घरको साथी आमा र श्रीमती, बिरामीको ओखती ।
बिद्या मित्र घरबाहिर छँदा,  बुढेसकालमा लाठी  ।।८।।

सदाचारी इमान्दारी नैतिकताले, ओतप्रोत राष्ट्रसेवी बर्ग ।
राष्ट्र सेवा गर्नु मैछ कर्तव्य, इमानदार  सदाचार  धर्म ।।९।।

आफ्ना सङ्गी साथीभाइहरु कति, बिदेशीएका छन  ।
कती साथी ठुला ठुला पदमा, पनि पुगिसकेका छन ।।१०।।

आफू हजुर निजामती  "पेटपाला", गर्छु म नोकरी ।
एउटा राम्रो उदाहरणिय आनि, बानी गर्दैन चाकरी  ।।११।।

पढे लेखेको शिक्षित हुँ योग्यताप्रणालीले, खाको जागीर ।
राष्ट्रसेवी कर्म हजुर सदा यै राष्ट्रकै, उठाउनुछ शिर ।।१२ ।।

व्यवसायिक मित्र अधिकृत स्टाफ, घरको जीवनसाथी ।
हुनै सक्दैन कहिले कसैकोलागि,लागीपनि  नजाती ।।१३।।

मेरो भुमिका र सीमा  नबुझ्नेलाई, म मन पर्दै पर्दिन ।
दवाव र करलेआफ्नै र अरुकोनि काम गर्दै गर्दिन  ।।१४।।

मलाई प्रयोग गरिकन आफ्नो, भाग्य जमाउन खोज्नेहरु ।
प्रयोग हुने म होईन अहिले, यत्तीनि बुझे हुन्छ बरु ।।१५।।

कवि तथा रचनाकार  : बसन्तराज अधिकारी
रचना मिति : २०७३/०६/०५  मंगलवार
बाँके, नेपालगन्ज ।                                                              📝 पुनः परिमार्जन सहित २०७७ सालमा हाम्रो भावना, राष्ट्रिय दैनिक गुलरिया बर्दियावाट प्रकाशित ।  
                                                                                                                     

Comments