२१८. बन्दाबन्दी "लकडाउन" गीत

 बन्दाबन्दी "लकडाउन" गीत

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
संसारको अर्थतन्त्र, पुँजीवादी धार, दुःखि हुँदै गएका छन्, गरीब मजदुर । अति गरीब बिपन्नको, केही छैन भर, दैनिक मजदुरीमा बल्ने, चुलो घर२ ।। १ ।। धनी साहुको गठबन्धनले, धनी झन२ धनी । देख्दा गरिबको हालत, रुन्छ मन पनि ।।२।। "बन्दाबन्दी" गर्नै पर्ने, दुःखिलाई मार । महामारी कोरोनावाट, कसरी पाउने पार ।।३।। कस्तो रोग लाग्यो हजुर, मानिसलाई भो डर । बन्दाबन्दी "लकडाउन", हुन गयो कहर ।।४।। आहतलाई राहत होस्, दुःखिलाई मल्हम । जनप्रतिनिधि र राष्ट्रसेवक, सबैलाई सलाम ।।५।।                   ~~~~समाप्त~~~~~~ रचनाकार: बसन्तराज अधिकारी मिति: २०७७\०५\१२ शुक्रबार घोराही उपमहानगरपालिका, दाङ @ कीर्तिपुर, काठमाण्डौं, नेपाल । 📝 हाम्रो भावना राष्ट्रिय दैनिक, बर्दियावाट प्रकाशित ।

Comments