२१७. हामी सबै मिलेर कोभिड-१९ सँग बिजय हाँसिल गर्नुछ ।

 हामी सबै मिलेर कोभिड-१९ सँग बिजय हाँसिल गर्नुछ ।

✍️ वसन्तराज अधिकारी 
@ सिंहदरवार, काठमाडौं
बन्दाबन्दी सहज छैन जनमा, बिकल्प ल्याऔं अब । नागरिकको पीडा हेरेर कसरी, चुपचाप बस्नु सब ।। सहनुको पनि सीमा हुन्छ बुझिलेउ, हदपार गर्दा पनि । अभिभावकत्व बिहिन हुने, जिम्मेवारी बिर्सिएनि ।।१।। भन्नू र गर्नुमा अवश्य छ फरक, यसो भनिरहँदा पनि । नागरिक अधिकार कुण्ठित गरि, सुशासन नभएनि ।। राज्यको ढुकुटी भरिन्छ कसरी, शान्ति सुरक्षा नभई । सम्हालिएरै विवेक रितले, कुशल व्यवस्थापक भइ ।।२।। असहाय गरिवजनका दु:ख पिडामा, मल्हम लगाउनुछ  । दैनन्दिन प्रशासनिक कार्य, अत्यावश्यक सेवा पुर्याउनुछ ।। आधारभुत बिकास निर्माण र बिपदवाट पार पाउनु छ  । हामीसबै मिलेर कोभिड-१९सँग बिजयहाँसील गर्नुछ ।।३।। छमास व्यतीत भो अदृश्य, महामारी कोरोना कहर । सबैलाई हुन्छ अवश्यम्भावी, जीवन जीउनलाई रहर ।। दैनिक व्यवहार सुचारु गर्न, गर्नु छ व्यवस्थित योजना । स्वतन्त्रता पुर्वक जीवन निर्वाह गर्न, सबैको चाहना ।।४।। संघ प्रदेश र स्थानीय तह, सरकारको कामकाज । सुव्यवस्था शान्ति सुरक्षा, अमनचयन कानुनी राज ।। जिम्मेवारी हाम्रो सचेत नागरिक, बिना बर्दिको प्रहरी । सामर्थ्य बढाउन आत्मविश्वास, बढाउन हर घडी ।।५।। ✍️ रचनाकार श्री बसन्तराज अधिकारी मिति: २०७७\०६\०४ आइतबार रचना स्थल स्वनिवास : घोराही उपमहानगरपालिका, दाङ @ कीर्तिपुर, काठमाडौंं, नेपाल 📝 फेसबुक लाईभ र स्थानीयस्तरका राष्ट्रियस्तरका पत्रिकामार्फत प्रकाशित भएको 📖 आफ्नै ब्लग्स्पोट अभिलेखिकरण मिति: २०७८ जेष्ठ ७ शुक्रबार शुभम् ।

Comments