२१५. कोरोना रोगले अकालमै लादैछ ज्यान । स्वास्थ्य मापदण्ड अपनाई बनौं संयम ।।

कोरोना रोगले अकालमै लादैछ ज्यान । स्वास्थ्य मापदण्ड अपनाई बनौं संयम ।।

✍️ वसन्तराज अधिकारी 
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर, काठमाण्डौं, नेपाल
कोरोना कहरले अकालमै, लादैछ अमुल्य ज्यान । स्वास्थ्य मापदण्ड अपनाउन नि, छैन हाम्लाई ज्ञान ।।१।।२ कोभिड -१९ महामारी बिश्वब्यापी, दर्दनाक कहर फ़ैलिरहेछ बिषाक्त वायु सरि, नरसंहाररूपी जहर ।।२।। चिनको बुहान यस्को मुहान, पार्यो लाखौं चिहान । होनहारको मृत्यु खवर आउँछ, बिहान् बिहान् ।।३।। न छ यस्को कुनै डाक्टर बैद्य, न औषधि मुलो । कालै आए सरि मानवतालाई, निल्नु सम्म निल्यो ।।४।। सामाजिक, भौतिक दुरि, मुखमा लाउनु मास्क । हात धुनु बीस सेकेन्ड मिची२, होशियारी साथ ।।५।। मानिस भन्दा पशुपंन्छी, जनावर बरु होला ज्ञानी । कोरोनाले मार्यो भनी फ़ेरि अलापबिलाप किन रुनि ! ।।६।। एकातिर विश्व स्वास्थ्य संगठनका, डाक्टर कराईराछन् । अर्को तिर सरकारी सूचनामा, खबरदारी गरिराछन् ।।७।। सार्वजनिक शिक्षण संस्था बिद्यालय, बन्द प्रायः छन् । अत्यावश्यक सेवा मात्र निर्बाधरुपमा चलिराछन् ।। ८।। तथापि ! हरेक जालझेल नौटंकी नि, मान्छे गरिराछन्  । आफ्नै लापरबाहीले मर्दा नि, सरकारलाई सराप्दैछन् ।।९।। सरकार मूर्ख मनुवा नि हैन, साक्षात् भगवान नि हैन । सामुहिक शक्तिलाई नटेरे, आफ्नो हित हुने छैन ।।१०।। जो जहाँ छौं धैर्यताले त्यहीँ बस भन्दा, कस्ले मान्या छ ? । आफ्नो आङको भैंसी नदेखि अरुको, जूम्रा देख्या छ ।।११।। संसारमा स्वस्थ्य तन्दुरुस्त रहि बाँच्न, कस्लाई रहर हुन्न ? आधारभुत मापदण्ड पूरा गर्न सके, कोरोनाले छुन्न ।।१३।। रोग विरुद्धको प्रतिरोधात्मक क्षमता, नष्ट गर्छ जब । कोभिडको प्रतिकुल प्रभावले, ग्रसित गर्छ तब ।।१४।। होशियारपूर्वक सतर्कता गरौं, आवश्यक मापदण्ड पूरा । संयमित र धैर्यवान हुन् यश, कोरोनायुगका सुरा ।।१५ ।। कोरोना कहरले अकालमै, लादैछ अमुल्य ज्यान । स्वास्थ्य मापदण्ड अपनाउन नि, छैन हाम्लाई ज्ञान ।।१।।२ ✍️ बसन्तराज अधिकारी स्थान: राजापुर, बर्दिया । रचना मिति : २०७७-०७-२१ शनिबार शुभम् । 📝 स्थानीय स्तरमा राष्ट्रिय स्तरका पत्रिकामार्फत प्रकाशित ।

Comments