मेरी आमा ❤️❤️ तस्बिर : विश्वकै सर्वोच्च त्रिशुल पाण्डवेश्वर महादेव मन्दिर, धारापानी, दाङमा आमासँग हामी
📝 वसन्त राज अधिकारी घोराही उपमहानगरपालिका, दाङ @ कीर्तिपुर, काठमाडौंं, नेपाल
"मेरी आमा" साहित्यकार तथा मुखाखर कवि राप्ती साहित्य परिषद् वाट सम्मानित नारी श्रष्टा पुज्यनिय आमा दाङ घोराही निवासी श्री भावना अधिकारीमा समर्पित आफ्नै रचना 📝
मेरो स्थुल शरिरमा हरबखत, सञ्चित रजको गरि ।
अमृत पान सरि दुग्धपानले, पोषित गरि तन भरी ।
दशमास गर्भमा समाहित लिई, जन्मायौं यश धर्तीमा ।२
यो ब्रह्माण्ड सृष्टिमा तिमी समान, क्वै छैन महान आमा२ ।।१।।
मातृवात्स्ल्य दया र करुणा, प्रेमामृत पिलाई दिनदिन ।
सन्तानकै वृद्धि सुखमा, तल्लीनता लिई क्षण क्षण ।।
बाबुको बिजमा परिपुर्ण रजले, मानव बनायौं जब ।२
पृथ्वी माताको आश्रय लिई, हुर्केर बढ्यौं अब ।।२ ।।२।।
लाखौं लाख स्नेह प्यार - ममता, मातृत्व सद्भावना ।
परमईश्वर र सर्वश्रेष्ठ तिमी नै, जन्मदायिनी आमा ।।
खोक्रो शब्दले मात्र कसरी म, बर्णन गर्न सक्छु र ?२ ।
साक्षात् जीवित देवी आमा, सृष्टि नै तिम्रो भर ।।२ ।।३।।
बाबुको जिम्मेवारी पनि हरतरहले, पूरा गरेकी थियौं ।
शिक्षा दीक्षा र परिपुर्ण ज्ञान-गुणले, सम्पन्न गरि दियौं ।।
अभाव अपुर्णता दु:खमा पनि, सदैव कर्तव्य पूरा गरि ।२
एउटी महान आमाको तपस्या, पूरा गर्यौं हर घडी ।।२।।४।।
राष्ट्रसेवकको महान गरिमा, जिम्मेवारी लिई काँधमा ।
हजुरकै दिशा -निर्देशले म पनि छु, निजामती सेवामा ।।
देश र जनसेवामा एउटा, बिना बर्दीको सिपाही जस्तैः भइ२ ।
पूरा गर्नेछु सदैव कर्तव्य, हजुरकै शिक्षा र दीक्षा लिई ।।२ ।।५।।
✍️ समाप्त 🙏
✍️ रचनाकार: बसन्तराज अधिकारी
दाङ घोराही हाल: घोराही, दाङ
✍️ मिति २०७७ बैशाख ११ गते बिहिवार मातृऔंसी "आमाको मुख हेर्ने दिन " लोकतन्त्र दिवस 📝 गुलरिया बर्दियावाट प्रकाशित हाम्रो भावना राष्ट्रिय दैनिकमा प्रकाशित भएको ।
Comments
Post a Comment