तिहार भाइटीका : कोरोना कहर
✍️ म वसन्तराज अधिकारी सँग भाईबहिनीहरु कान्छी बहिनी सीता शर्मा अर्याल अनुपस्थित तिहार भाईटीकाको अवसरमा, घोराही उपमहानगरपालिका, रझेना, दाङ |
तिहार सांस्कृतिक चाडपर्व हो
हामी हिन्दु संस्कृतिको ।
जीवन्त संस्कृति, सभ्यता र
श्रद्धा आस्था, प्रेम र बिश्वासको ।।१।।
युगौ युग पिता पुर्खादेखिको
निरंतरता शाश्वत~सत्य ।
ऎतिहासिक, धर्म संस्कृति र सामाजिकता
प्रेम सद्भाव र सांस्कृतिक एक्यवद्धता ।।२।।
सानो छँदा गाउँमा घर थियो, लाग्थ्यो ! ।
चाडपर्व मीठो खान र राम्रो लगाउन ।।
चलाएको चलन हो हाम्रा मातापिता र पुर्खाले ।
परन्तु ! आज यो तथ्य आंशिक बुझ्दैछु
यसको अन्तर्भाव गहन भाव र मर्म ।।३।।
यमपञ्चक काग, कुकुर, गाई, गोरु र
दिदी भाइ, दाजु बहिनी ।
अनन्त प्रेम पंन्छी जीव जनावर र
मानवता बिचको घनिष्ठता ।।४।।
शिक्षित अशिक्षित, सम्पन्न बिपन्न ।
शहरिया गाउँले नजिक टाढाको भौगोलिकता ।।
प्रेम र आत्मियताले प्रगाढ बनाउँछ ।
तिहारले खुशी सुख शान्ति र समुन्नती ल्याउँछ ।।५।।
बिश्वब्यापी फैलिएको महामारी
समस्त मानव जातीलाई त्रशित पारी ।
अकाल मृत्युका भय र दु:खद घडि
कोरोना कहर छ संसारैभरी ।।६।।
मानिसलाई मानिससँग डर छ
यो रोग मानिसवाट मानिसमै सर्छ ।
सबैलाई बाँच्ने प्रबल रहर छ
सर्वत्र कोरोनाकै भयावह कहर छ ।।७।।
तसर्थ,
व्यक्तिगत सुरक्षा स्वास्थ्य मापदण्डअनुसार
भौतिक र सामाजिक दुरी कायम राखि ।
माक्स लगाई बीस सेकेन्ड सम्म पटकपटक
साबुनपानीले मिचिमिची हात धुनु वा
स्यानिटाईजर घस्नु सुरक्षीत बस्नु ।।८।।
भरिसक्य कहिँ कतै यात्रा नगर्नुहोस्
गर्नै परे सुरक्षीत मापदण्ड पालन गर्नुहोस् ।
होशियारी सदा सुखी बेहोसी सदा दु:खी
बिशेष ख्याल राखौं बालक, बृद्ध र दीर्घरोगी ।।९।।
हेलचेक्रयाई र लापरबाहीले हुन्छ पश्चाताप
समय बितिसक्दा अर्थ छैन गरेर बिलाप ।
समयमै होस् पुर्याउनु लहड र अटेरी नगर्नु
नत्र पर्ला हजुर आईसुलेसनमा बस्न र
असमयमै कोरोनावाट अकालमै मर्नु ।।१०।।
✍️ रचना : बसन्तराज अधिकारी
मिति : बिहिवार २२ कार्तिक २०७५ 🌹गोवर्धन पुजा 🌹पुनः परिमार्जित आइतबार ३० मंसिर २०७७ ❤️ गाइगोरु तिहार ❤️
स्वनिवास : घोराही, पनौरा, दाङ ।
Comments
Post a Comment