प्रेम गीत
जीवनसाथी
✍️ वसन्तराज अधिकारी साथमा श्रीमतीजी |
सानो छँदा आमा हुन साथी ।
बैंशमा साथ हुन्छ श्रीमती ।।
यहि त रैछ सामाजिक रित ।
योजीवन मायाँको संगीत।।१।।
जन्म रसुरक्षा आमा महतारी ।
शिक्षा र बृत्ति पितासहकारी।।
मायाँप्रेम रसमा जीवनसाथी ।
सुखसन्तोष ज्ञानीसन्तती।।२।।
पेशाव्यवशाय दैनन्दीन अर्थ ।
मिल्दछ पनि प्रारब्ध र धर्म ।।
सत्मार्गको गति सभ्यता पथ ।
राष्ट्रभक्ति स्व-अभिमत ।।३।।
बृत्ति पथ मै छ जीवनगती ।
अधुरो जीवन बिना श्रीमती ।।
यो संसार हो माँयाको घर ।
यसैमा जीवन को रहर ।।४।।
पेशा र हो कर्म गुरुतर ज्ञान ।
सदाचार जीवन हुन्छ महान ।।
जीवनसाथी बिना हुन्छ शुन्य ।
शृष्टिकर्ता तिमीछौ धन्य।।५।।
रचना मिति २०७३/१/२९ घोराही उपमहानगरपालिका, दाङ
Comments
Post a Comment