आफ्नै रचनामा "लकडाउन" शिर्षकको गीत आफ्नै स्वरमा गाउन गइरहेको छु, गीत गाउने पहिलो प्रयाश भएको बारे श्रोता बर्गमा सादर अनुरोध गर्दछु ।
"लकडाउन गीत"
✍️ वसन्तराज अधिकारी |
संसारको अर्थतन्त्र पुँजीवादी धार,
दुःखि हुँदै गएका छन्, गरीब मजदुर ।
अति गरीब बिपन्नको केही छैन भर,
दैनिक मजदुरीमा बल्ने चुलो घर२ ।। १ ।।
धनी साहुको गठबन्धनले धनी झन२ धनी ।
देख्दा गरिबको हालत रुन्छ मन पनि ।।२।।
"बन्दाबन्दी" गर्नै पर्ने दुःखिलाई मार,
महामारी कोरोनावाट कसरी पाउने पार ।।३।।
कस्तो रोग लाग्यो हजुर मानिसलाई भो डर,
लकडाउन "बन्दाबन्दी" हुन गयो कहर ।।४।।
आहतलाई राहत होस् दुःखिलाई मल्हम,
जनप्रतिनिधि र राष्ट्रसेवक सबैलाई सलाम ।।५।। ~~~~समाप्त~~~~~~ 🙏 https://m.facebook.com/story.php?story_fbid=1792014317632896&id=100004730354139 ✍️ गुलरिया, बर्दिया वाट प्रकाशित हुने हाम्रो भावना राष्ट्रिय दैनिक पत्रिकामार्फत साहित्य विविधमा प्रकाशित भएको ।
Comments
Post a Comment