२०१. "मानव जीवन छ उत्तम"

मिति २०७७ बैशाख ३ गते बुधबार राजापुर, बर्दियावाट  "बन्दाबन्दी तथा एकान्तवास" संग सम्बन्धित बसन्तराज अधिकारीको रचनामा श्रीमती एशोदा अधिकारीको गायन कविताको शिर्षक छ ----                                                                                                                                               "मानव जीवन छ उत्तम"                                      

✍️ वसन्तराज अधिकारी
                          घोराही उपमहानगरपालिका, दाङ                                            @ कीर्तिपुर, काठमाडौंं, नेपाल                                

महातपमा बस्थे ति हाम्रा, पुर्वज ॠषि मुनि गण ।

सृष्टि सिर्जना गरे पुर्वजले, मानव जीवन छ उत्तम ।।१।।


ज्ञान बिज्ञान र कर्मले, भएका छौं हामी समुन्नत ।

एकै स्वरमा भन्न सक्छौ, मानव जीवन छ उत्तम ।।२।।


चौरासी लाख जुनिमा मानव, जीवन सौभाग्य छ ।

बुद्धिको बशमा चल्ने, मानव जीवन छ उत्तम ।। ३।।


अति बहिर्मुखि भयौं हामी,  मानव बिकासको प्रवाहमा ।

ज्ञानी बन्छन् अन्तर्मुखि, मानव जीवन छ उत्तम ।।४।।


शिवको सृष्टिको सत्ता, बुद्धको शान्तिको रुप ।

ज्ञान र तपस्या भित्र, मानव जीवन छ उत्तम ।।५।।


हाम्रा पुर्वजले सिकाएका, ज्ञान छन् बिज्ञान सम्मत ।

पुनर्जागरण गरेउ भने, मानव जीवन छ उत्तम ।।६।।


कस्तुरीमा विणा हुन्छ, नचिनी दगुर्दै बन - बन ।

आफैलाई चिन्यौ भने, मानव जीवन छ उत्तम ।।७।।


अहंवाद संकीर्णता स्वार्थ, त्यागेउ भने सदा ।

सभ्य भव्य जीवन यापन, मानव जीवन छ उत्तम ।।८।।


भोगेका छौं यश सृष्टिमा, डरलाग्दा दु:खकथा ।

संयमता र धैर्य लिए, मानव जीवन छ उत्तम ।।९।।


धैर्य र तपले जित्छौं, महामारी कोभिड नाईन्टीन ।

एकान्तवासले परास्त गर्छौं, मानव जीवन छ उत्तम ।।१०।।


✍️ रचनाकार  : बसन्तराज अधिकारी स्वर/गायन: एशोदा अधिकारी (पहिलो प्रयाश) मुहार पुस्तिका Live वाट प्रत्यक्ष प्रशारण गरिएको साथै ब्लग्स्पोटमा अभिलेखिकरण मिति २०७८\०१\०२ बिहीबार शुभम् ।                                          ✍️ हाम्रो भावना स्थानीय स्तरका राष्ट्रिय पत्रिकामार्फत बर्दियावाट प्रकाशित भएको । 

Comments