१८८. गद्य कविता शिर्षक : राष्ट्रसेवकको सबिनय नम्र निवेदन !!!

 गद्य कविता शिर्षक : राष्ट्रसेवकको सबिनय नम्र निवेदन !!!

✍️ वसन्तराज अधिकारी सपरिवार 
उपसचिव, नेपाल सरकार
प्राणिमा श्रेष्ठ छौं ! हामी मानव हौं । हटाएर मनका सबै दुर्भाव ।। शुद्ध बुद्ध चित्तले । निखिल मन, वचन र वाणिमा ।। सभ्यता र संस्कारको अटुट शृङ्खला ।। जडवत पृथ्वीमा । मानव सभ्यताको बिकास । अनन्त यात्रा । कठोर संघर्षले । हाम्रा वीर वीराङ्गना ।। पुर्वजहरुको योगदान ।। युग-युगान्तकारी । कालजयी सृष्टि सभ्यता ।। संस्कार संस्कृति । राखेर सुकृती ।।१।। अहिले, एउटा भयावह । अग्निपरीक्षामा ।। महामारी बिश्वब्यापी कोरोना । कोभिड-१९ ।। संक्रमण भीषण सन्त्राश । जीवन जीजिविषाको निर्विकल्प आश ।। जन्म ~ मरणरुपि जीवनचक्र । दु:ख यथार्थ र सुखरुपि मृगतृष्णा ।। पुरुषार्थ, भाग्य र कर्मवादमा । उनिएका थुनिएका ।। यै धर्ती नभ वा आकाशमा । हाम्रा पिता पुर्खा । हामी र हाम्रा सन्तति ।। चिरञ्जीवी पनि त छैनौं । तथापि ! शत्रुरोगसँगको जीत ।। मानवताको बिजय । आफू बाँचौं र । अरुलाई बचाउँ।।२।। मन शुद्ध भए । बिचार शुद्ध हुन्छ ।। कर्म पवित्र भए भाग्य बदलिन्छ ।। महामारीको पाठ । संयमित र धैर्य ।। आत्मानुशासन । निर्विकल्प बन्दाबन्दी ।। एकान्तवास "बन्दाबन्दी" ।। पुनः२ लकडाउन सटडाउन । पुर्णतः पालना गरौं । यहीँ छ एउटा ।। राष्ट्रसेवकको । सविनय नम्र निवेदन ।।३।। 🙏 समाप्त 🙏 ✍️ रचनाकार : बसन्तराज अधिकारी 🌹रचना मिति : २०७७/०१/१८ बिहिवार ❤️ स्थान : दाङ घोराही हाल: कीर्तिपुर, काठमाडौंं ।

Comments