१९४. बडा दशैं नवरात्र घटस्थापनाको तात्पर्य

 बडा दशैं नवरात्र घटस्थापनाको तात्पर्य

✍️ म वसन्तराज अधिकारी साथमा म्याडम एशोदा अधिकारी 

बडा दशैं पर्व नवरात्र प्रारम्भ । जनजिब्रोमा छ घटस्थापना आरम्भ ।।१।। बालककालमा दशैं नयाँ नयाँ लुगाफाटा । मीठो मसिनो परिकार खानपिन र ढोग भेट हुन्थ्यो ।।२।। रमाइलो लाग्थ्यो जमघट बर्ष दिनको एकपटक । खुसीयाली उमंगको गरिमामय महान पर्व ।।३।। समय क्रमसँगै युवा भैयो अध्ययनका अनन्त शृङ्खला । धेरै मात्रामा बाधा अवरोध थोरै मात्र आनन्दको पर्व ।।४।। युवावस्था पार गरि आज प्रौंढावस्थामा आईपुग्दा । अलिकता ज्ञान चक्षु खुल्यो दशैं सबैलाई समान हैन रैच ।।५।। हुनेखाने लाई मस्ती हुँदा खानेलाई सास्ती । परन्तु मनाउनु परेकै छ बडा दशैं जवर्जस्ती ।।६।। दशैंको पहिलो दिन घटस्थापना जमरा राख्ने । घर घरमा घडा र कलश स्थापना गरि दशैं घर ।।७।। नवरात्र नौं दिन भर शक्ति साधना गर्ने । भौतिक र अभौतिक अर्थात् अध्यात्मिक ।।८।। कायिक वाचिक र मानसिक सामर्थ्य वृद्धि गर्न । अहिलेको समय कोभिड - १९ विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन ।।९।। तर अफशोस ! तात्पर्य बुझ्दैन मानिस कुतर्क मै रमाउँछ । आफू महा विद्वान र अरुलाई मूर्ख ठान्दछ ।।१०।। शहरमा भिड छ बजारमा चहलपहल । सबै पण्डित छन् तर ज्ञान बिनाका ।।११।। सरकार चिच्याई चिच्चाई जोडतोडले कराईरहेछ । मानिस गिज्याई रहेछ छाती फुकाई सडकमा कुदिरहेछ ।। १२।। लाखौं मानिस संक्रमित छन् हजारौं मरिसकेछन् । विश्वभर भयावह नरसंहार महामारीको बेखवर ।।१३।। निदाएकालाई जगाउन सजिलो तर निदाएको बहाना गर्नेलाई । कदापि सकिदैन बुझ्याउन । यसको ज्वलन्त प्रमाण यथेष्ट छ ।।१४।। तसर्थ हे आदिशक्ति दुर्गाभवानी आमा सबैलाई देउ सुभावना धैर्य । सामर्थ्य देउ बुझ्ने नवरात्र र घटस्थापनाको वास्तविक तात्पर्य ।।१५।। 🙏 धन्यवाद 🙏 ✍️ रचनाकार : बसन्तराज अधिकारी स्थायी निवास : दाङ, घोराही

Comments