१९०. लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सबैको एक्यवद्धता ।।

लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता 

व्यक्ति समाज र सबैको एक्यवद्धता ।।                                                                                                                                                                   

✍️ वसन्तराज अधिकारी
                            उपसचिव, नेपाल सरकार                           

सन् २०२० नोवेम्बर २५ देखि
डिसेम्बर १० सम्ममा ।
एउटा महान अभियानमा छौं
आज हामी जम्मा ।। १।।

लैङ्गिक हिंसा विरुद्धको
अभियान १६ दिने हाम्रो ।
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस 
मनाउँ एक्यवद्धता भै राम्रो  ।। २।।

धनी हुन् वा गरिब देश किन नहुन्
एउटा छ सबैमा समानता ।
कुनै न कुनै रुपमा जीवीत छ
अझै पितृसत्तात्मकता ।। ३।।

महिला हुन् आदरणीय हजुरामा आमा
दिदीबहिनी श्रीमती र छोरी हाम्रै अन्तरात्मा ।
परन्तु, हाम्रो समाज भाँसिदैछ आज किन 
महिलालाई विभेदपुर्ण व्यवहार दिन्दिन ।। ४।।

धर्मको नाम परम्परागत बंश आड
पुरुष एकतन्त्रीय हैकमी भै ठाँट
महिला अधिकारवादी डलरका
आडमा बन्दैछन् रकमी ।। ५।।

गर्भैदेखी बिभेदको सिकार भै
किन बन्नु पर्ने छोरी चेली ।
मानवअधिकारको घोर उल्लंघन
अन्याय अत्याचार गरि ।।६।।

पारिवारिक सामाजिक र
आर्थिक राजनीतिक ।
विभेद नपारिएको ठाउँ
कहिँ कतै पनि छैन ।।७।।

महालक्ष्मी महासरस्वती देवी
शक्ति दुर्गा माता ।
महिला कै दिव्य स्वरुप हुन्
पुज्यनिय छन् सदा ।।८।।

महि भन्नू पृथ्वी हुन्
आदि माता ईला ।
पुर्ण अर्थ बोधगम्य
बुझिन्छ महिला ।।९।।

जहाँ नारी पुजिईन्छीन्
रम्छन् तहाँ देवता ।
गायत्री सती सावित्री
भृकुटी र सीता ।।१०।।

नर नारी आधा२ मिलि
बन्छ पुर्ण रुप ।
सृष्टि रोकिन्छ संसारमा
यदि नारी नहुन् त ।।११।।

शिव शक्ति लक्ष्मी नारायण
सीताराम राधाकृष्ण ।
कहाँ कहिले हुन् सक्छ र
नारी बिना पुर्ण ।।१२।।

जस्ले गर्छ महिलालाई
सम्मान र मान ।
तिनको भलो सधैं हुन्छ
उन्नति र सान ।।१३।।

जहाँ नारीलाई हेला गर्छन्
अधर्मी र पाप ।
त्यहाँ सधैं अधर्मको
हुने गर्छ बाँस ।।१४।।

अन्तर्राष्ट्रिय नारा एउटा संकल्प गर्नुपर्छ अहिले ।
समतामूलक लैङ्गिक चेतना जागृत गरौं पहिले ।
international theme Orange the world :
Fund, Respond, Prevent and Collect ! ।।१५।।

स्थानीय तहवाट सबै एकजुट होऔं
एक्यवद्धता भै लैङ्गिक विभेद हटाउँ ।
सार्थक बनाउँ लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता
व्यक्ति समाज र सबैको एक्यवद्धता ।। १६।।

सन्दर्भ : राजापुर नगरपालिका, राजापुर, बर्दियाको आयोजनामा मिडिया पार्टनर कोठियाघाट अनलाइन, रेडियो साथी एफएम, साझेदारी संस्था बाँके युनेस्को क्लब, BEE GROUP, KMIS, Nepal को मिति २०७७-०८-१० देखि २०७७-०८-२५ तदनुसार  25 November to 10 December 2020 को कार्यक्रममा वाचन गरिएको कविता

लेखन सम्पादन तथा प्रकाशन
~~~~~~~~~~~~~~~~~
✍️ बसन्तराज अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
उपसचिव, नेपाल सरकार
राजापुर नगरपालिका, राजापुर, बर्दिया ।

Comments