२०३. यो ठाउँ यस्तो .....

 यो ठाउँ यस्तो .....         

✍️ वसन्तराज अधिकारी 
                             @ कीर्तिपुर, काठमाडौंं 

कल र कल माण्ड्वी जल, बगेको सुनिन्छ ।

स्वदेश छोडी बिदेश जाने, दाजुभाइ भेटिन्छ  ।।

जाँड र रक्सी खानेको मात्र, महत्व दर्शिन्छ ।

गरिब देश बिपन्न जनता कसरी, सुध्रन्छ,यो देश… ?? ।।१।।


बिदेशी गुलाम भाडाको सिपाही, सपना भाग्य छ । 

रगत पसिना बिदेशी भुमिमा, खर्चिई सकेछ ।।

दु:ख र कष्टले कोरस गरि, भुक्तमान खाएर ।

शिक्षाको ज्योति फैलाउने इच्छा, प्रशंसनीय छ  ।।२।।


प्युठान जिल्ला तिराममा पर्ने, सिमलचौर थक्लेनी ।

अशिक्षित गाउँमा शिक्षक बनि, सेवाको थालनी ।।

जे देखे भोगे यथार्थ भावना पोखे, राष्ट्रको ममता ।

आज छ याहाँ भोलि छ कहाँ ? यो राष्ट्रसेवक ?? ।।३।।


भालुवाङ~प्युठान मोटर बाटो, थक्लेनी देवीस्थान ।

लाहुरे बन्न जाने र आउने यहाँ, बाँस बस्दछन ।।

ठाडीओडार-मोतीपुर-थक्लेनी, गाउँ सिमलचउर ।

प्युठान तिराम गाउँमा पर्दछ मेरो, पुर्ख्यौली घर ।।४।।


सुसाउँदै बग्छिन माण्ड्वी नदी, गाउँको ईस्कुल ।

शिक्षाको ज्योति प्रज्वलित बाल्न, पढने रहर ।।

निस्वार्थ सेवा र कर्तव्य पथमा, इज्जत पाईन्छ  ।

सेवाले भावी भाग्यको ढोका, खुलाउन सकिन्छ  ।।५।।


✍️ रचनाकार : स्वयं  बसन्तराज अधिकारी

रचना मिति : २०४५ कार्तिक - मंसिर 

रचना स्थान : तत्कालीन तिराम गा.वि.स. वार्ड नं.४ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, सिमलचौर, थक्लेनी प्युठान ।

स्रोत : जागीरे यात्रा सिर्जनात्मक सङ्गालो, २०७० बाट साभार । 

Comments