१९९. नयाँ बर्ष २०७१ देखि निरन्तर ७८ थुँगा कविता

नव बर्ष २०७८ बि.सं. को पावन शुभ अवसरमा सम्पूर्ण राजनीतिक नेतृत्व, सुपरिवेक्षक, सहकर्मी, स्टाफ साथीहरू, सहयोगीहरु र  आफन्तजन कुल कुटुम्ब, साथीभाई, शुभेच्छुक देश तथा बिदेशमा कोरोना भाईरस (COVID-19), वातावरण प्रदुषणको भयावह र राजनीतिक र प्रशासनिक अकर्मण्यता  विरुद्ध लडिरहेका सम्पुर्ण मानव जाती बाबू~आमा, फुबु चेलीबेटी, दाजुभाइ, दिदी बहिनी, छोराछोरी र नाति नातीना सम्पुर्ण सबै वरिष्ठ तथा  कनिष्ठ सबैमा आरोग्य, सुख शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति सहित गत बर्ष देखि पीडा दिईरहेको बिश्वब्यापी महामारी कोरोना भाईरस "कोभिड - १९" विरुद्ध लडने शक्ति र सामर्थ्य अभिवृद्धि होस्  भन्ने पुर्ण शुभेच्छा तथा मनोकामनाका साथ सबैमा लाखौंलाख हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ✍️❤️🚾🙏🇳🇵


✍️ बसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
युवा  तथा खेलकुद मन्त्रालय,  सिंहदरबार, काठमाडौंं ।                                                                                   

जोड तथा परिमार्जन मिति : सोमबार  ३० चैत २०७७ तदनुसार १२ अप्रिल २०२१


नयाँ बर्ष २०७१ देखि निरन्तर ७८ थुँगा कविता

नयाँ बर्ष, २०७८ सालको पावन अवसरमा सम्पूर्ण साथी भाइहरु आफन्त सबैैैमा आरोग्य सुस्वास्थ्य, सुुुख, शान्ति, संम्वृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ।।                         
Happy New Year, 2078 B.S.to All ✍️❤️🚾🙏🇳🇵


नयाँ बर्ष
(७८ थुँगा)
                                                                                          ✍️ रचनाकार
बसन्तराज अधिकारी 🌻🌻 थुुुङ्गे कवि 🌻🌻
घोराही उपमहानगरपालिका, दाङ
हाल: कीर्तिपुर, काठमाण्डौं, नेपाल ।                                         
✍️ वसन्तराज अधिकारी 
                                उपसचिव, नेपाल सरकार 

बसन्त पालुवा बनमा, मनमा उमङ्ग छरी ।
डाँडा–काँडा र बन पाखामा, रमाउन चरी वरी ।।१।।

हरियाली छावस सर्वत्र, सुन्दर शोभा बढी
सुखी हुन् जनता सारा, बर्षै भरी हर घडी ।।२।।

प्रकृतिको छटा शान्ति, सुखद् वातावरण ।
कसैलाई नहोस् कैल्ये, अकाल हरण–मरण ।।३।।

नूतन साल अठहत्तर  प्रवेश भो, नेपाली घर–घरमा ।
फेरिए बर्ष, महिना दिन–वार, र तिथी याहाँ ।।४।।

बैशाख एक गते भयो, नवबर्ष, नयाँ रमाईलो भरी ।
सबका ह्रदयमा नवज्योति, छावस बर्षै भरी ।।५।।

नयाँ योजना बनुन, पुराना सव परिपूर्ण हुन् ।
सुखको वर्षा बर्षिएर, सव आनन्दमा रमुन् ।।६।।

शान्तिले पाईला राखोस्, कलह कलत्र नभै ।
समृद्धि छावस् मनहोस्, प्रफुल्ल जताततै ।।७।।

संविधानको पुर्णपालन होस्, नेतृत्व सबल बनोस् ।
शासन–प्रशासन सदैभ, जनसेवामा समर्पित होस् ।।८।।

 अन्तर्राष्ट्रिय सम्वन्ध, इज्जत प्रतिष्ठा बढोस् ।
 राष्ट्रिय सरकार सक्षम र जनउत्तरदायी होस् ।।९।।

नहोस् दुर्भिक्ष विकराल, कष्टकारी दुःखी क्षण ।
फैलियोस् सुमङ्गल ध्वनी, विषे सवै जनमन ।।१०।।

अग्नीको त्राशले विघ्न, गर्मीको धुपले पनि ।
आगलागी नफैलियोस्, जीवन कष्टकर बनी ।।११।।

रोग–व्याधी, दुःखदायी, सन्ताप जन–जनमा ।
नहोस् कतै विघ्न बाधा, सुख, शान्ति सर्वत्रमा ।।१२।।

बन क्षेत्र बढोस् यस साल, पचास प्रतिशत पुगोस् ।
आँधी, बेहरी र प्राकृतिक कष्टको समन रहोस् ।।१३।।

बर्षियोस् सुखको बर्षा, धनको धनसार बनी ।
मिठो मसिनो खान लाउन, मिलोस सवमा पनि ।।१४।।

बर्षा होस् प्रचुर मात्राको, खेती बारी हरा भरा ।
रमुन कृषक पसिना र मिहिनतमा सुरा पुरा ।।१५।।

फसल सप्रियोस् राम्रो, खाद्यान्न परिपूर्ण होस् ।
आयात न्यून रहि देशको, निर्यात दर बृद्धि होस् ।।१६।।

धान, मकै, बर्षे बाली प्रचुरताले बढी ।
घर, गाउँ सवै ठाउँ, होस् सुखै स्वर्गै सरी ।।१७।।

खुशी होस् सवका मनमा, फैलियोस् उमङ्ग भरी ।
रमाईलो गरि वितोस, दुईहजार अठहत्तर साल भरी ।।१८।।

हिमाल, पहाड र तराई, मधेसका फाँटफाँटमा ।
मेची देखि महाकाली, उत्तर र दक्षिणका सीमा ।।१९।।

सीमामा झगडा बढी, सीमा वासी त्रसित ।
बन्नु नपरोस् कहिल्यै, बनिरहुन् सबै हर्षित ।।२०।।

एउटा नयाँ सर्वसम्मत, शासकीय थीति ।
सवैलाई मान्य हुने, एउटा कानूनी रीति ।।२१।।

दशैं, तिहार नयाँ बर्ष, छठ, ल्होसार घर–घर ।
क्रिसमस माघी  इद लगायतका, समावेशी चाड पर्व ।।२२।।

सवै एकापसमा मिलि, भातृत्व  भगिनित्वमा ।
बसोस एउटा नयाँ, संस्कृति सम्वन्ध बन्धन ।।२३।।

नारी जाति सम्मानित रहुन, सरस्वती लक्ष्मी दुर्गा सरी ।
नारीत्व नबुझ्ने शठ्को, दमन होस् बर्षे भरी ।।२४।।

सकारात्मक भावनाले, नेपाली जनमनमा ।
वास गरोस सदैभ नै, उन्नतिशिल चाहना ।।२५।।

शिक्षाको ज्योतिले सवलाई, उज्यालो छरी ।
प्रकाशित प्रज्वलित, सव नेपालीमा भरी ।।२६।।

विदेशीएका सुखी हुन्, कमाउन परिपूर्ण भै ।
काम दाम स्वदेशमा, रोजगारी बढुन् सधै ।।२७।।

नेपाली चेलीको इज्जत, विदेशी भूमिमा पुगी ।
नच्यातिवस् ननासिओस्, बसुन सम्मानले गरी ।।२८।।

निजामती प्रशासन, स्वच्छ जनसेवी सुदृढ ।
बढावस् यसको शाख, दिन–प्रतिदिन समुन्नत ।।२९।।

नेपाली सेनाले राखोस्, राष्ट्रको गरिमा गति ।
वीरताको उच्च शिर इज्जत, प्रतिष्ठा संसारै भरी ।।३०।।

नेपाल प्रहरी सेवा, शान्ति सुरक्षा सुदृढ ।
अपराध नियन्त्रण गरी, सत्य सेवा सुरक्षण ।।३१।।

शिक्षक प्राध्यापकको शिक्षा, चेतनाको झलमल ।।
शान्ति क्षेत्र बनोस् संस्था, बनोस् सुदृढ सबल ।।३२।।

सरकारी र निजी क्षेत्र, हातेमालो संगै गरी ।
नङ र मासुको सम्वन्ध, बढोस् घनिष्टता भरी ।।३३।।

वित्तिय संस्था र जनविश्वास, सेवा गुणस्तर ।
बैङ्कहरू समुन्नत हुन्, बैंङ्क सारा आत्म निर्भर ।।३४।।

सहकारी आफ्नो थिती, रिती भित्र चलिरहुन् ।
सरकारी हस्तक्षेपरहित, स्वस्फुर्त गति दिउन ।।३५।।

सार्वजनिक संस्थान, सञ्चार र विद्युत ।
जनतालाई कम भारमा प्रदान गरून सेवा भर ।।३६।।

आयल निगम बनोस् स्थीर, स्वच्छ सुशासन ।
परिषद् संस्था लगायत, सवै सरकारी संस्थान ।।३७।।

नीजि क्षेत्र र उद्योग, बाणिज्यको भर ।
जनसेवी जनप्रिय, गुणस्तरीय सेवा गर ।।३८।।

यातायातमा स्वच्छ सेवा, स्वस्थ्य रहोस् प्रतिस्पर्धा ।
आपसमा लडाई झगडा नबनोस्, वैरभाव, ईष्र्या ।।३९।।

सामाजिक समन्याय जाति, भाषा धर्म सव ।।
एकापसमा मिलि समाज, बनोस् एक ढिक्का अव ।।४०।।

राजनीतिक दलहरूमा, मित्रताको सुत्रबन्धन ।
कर्तव्य पथमा सारा, दूर दृष्टि गरिकन ।। ४१।।

कार्यकारिणी वा सरकार, जनताको नयन होस् ।
व्यवस्थापिकाको विधि, ह्रदय बनिरहोस् ।।४२।।

न्यायालयको न्याय, विवेक  मस्तिष्क बनि ।
सवै अङ्ग समन्वयमा, बनोस्  स्थीर सरकार पनि ।।४३।।

संबैधानिक अंगहरू, आ–आफ्ना कार्य क्षेत्रमा ।
सबल र सुदृढ बनुन, सदैभ गौरव गरिमा महा ।।४४।।

लोक सेवा नाम सरी, निष्पक्ष र गरिमामयी ।
योग्य व्यक्ति छान्न सकोस्, राष्ट्र सेवकमा पनि ।।४५।।

अधिकारको दुरूपयोग, कर्तव्य च्यूत भै दिए ।
अख्तियारको भूमिकाले, सहि अनुसन्धान दिए ।।४६।।

निर्वाचनले योग्य सक्षम, जनप्रतिनिधि छनौंट ।
गरि शासन सञ्चालनमा, देवस्  दृढ अठोट ।।४७।।

राष्ट्रको आम्दानी  खर्च, ऋण र अनुदान सवै ।
परिक्षण सहिरूपमा, महालेखा परिक्षक ।।४८।।

सरकारवादी मुद्दामा, सरकारी वकिल बनी ।
जनजनमा न्याय दिने, महान्यायाधिवक्ता पनि ।।४९।।

राजनीति आर्थिक, सामाजिक सवै याहाँ ।
नागरिक हकको गर्ने, मानव अधिकार संरक्षण ।।५०।।

मन्त्रीहरू मन्त्रालयको, नीति नियम सम्बर्द्धन ।
सचिव र मुख्यसचिवको, सल्लाहको दिग्दर्शन ।।५१।।

सरकारको दैनिक शासन–प्रशासन, विदेश नीति निर्माण ।
प्रधानमन्त्रीले दिउन्  सर्वत्र, निर्णय र समन्वय ।।५२।।

न्याय दिने जनतालाई, सवको भलाई गर्दै ।
न्यायाधिशहरूको सुकर्म, सदैभ गरिमामयी ।।५३।।

राष्ट्रपति राष्ट्रको शिर, राष्ट्र गौरव गायन ।
गर्ने सदैभ संविधान र जनताको संरक्षण ।।५४।।

इतिहास गौरवपूर्ण, वीरका सन्तान हामी ।
संस्कृति सभ्यता हाम्रो, समुन्नत नेपाली धनी ।।५५।।

बुद्धको शान्तिको देश, लुम्बिनी विश्वको शिर ।
सबै धर्म  संस्कृतिको, सहिष्णुता र मित्रता ।।५६।।

सगरमाथाको देश, सीता र जनक भूमि ।
वीर शासक र सीपाहीले, रक्षित नेपाली भूमि ।।५७।।

मेची र कालीको सीमा, तीनै तिर छ भारत ।
उत्तरमा तीब्बत चीन, छिमेकी छन् महान ।।५८।।

हिमालको अपूर्व हिउँ, पहाडको सुरम्य भूमि ।
तराईको समतल फाँट, नेपाली भाग्यमानी ।।५९।।

बहुजाति बहुभाषा, बहुधर्म र संस्कृति ।
मिलेर एकापसमा, बनेको छ सुकृति ।।६०।।

हिन्दुको सिर्जना भित्र, बुद्धको शान्ति सन्देश ।
धर्म निरपेक्ष राष्ट्रमा, सवैको छ समभाव ।।६१।।

सगरमाथा शिर जस्तै, स्वाभिमानी र गौरव ।
आफ्नै स्वाभिमानमा रम्ने, नेपाली वीर सपुत ।।६२।।

सुखमा धीरता राख्ने, दुःखमा नआत्तिकन ।
जननी जन्मभूमिश्च, स्वर्गादपी गरियसी ।।६३।।

आर्य मङ्गोल सभ्यता, नदी नाला हिमाच्छादित ।
कोशी, गण्डकी कर्णाली, सभ्यता अकण्टक ।।६४।।

बगाऊ पसिना धार, फलाऊ सुन धर्तिमा ।
बोलाई रहन्छिन् आमा, फर्क प्रवाशी मातृभूमिमा ।।६५।। 

कठोर श्रमले हामी, अगाडि बढन् सक्दछौं ।                                  आलस्य र व्यभिचारले, सदैभ पछि पर्दछौं ।।६६।।

सुखको लालसा तुच्छ, संघर्ष सुख जीवन ।
यहि धर्ति र माटोमा गरौं विकास नविन सिर्जना ।।६७।।

सुतेका व्यूझ हे भाइ, उठेका दगुर अब ।
हामी आफै नजुटेमा, कस्ले गर्दिन्छ पौरख ।।६८।।

साल यो अठहत्तर, निमेष पलपलमा ।
सदुपयोग गर्नुछ हामी, बढौ अगाडि ल अब ।।६९।।

नेतृत्व अनुभवी निपुण, सक्षम भए पछि ।                                   
हाम्रो भाग्य खुल्छ अव, हामी स्वयं उठे पछि ।।७०।।

एउटा मूल मन्त्र हो, यो बर्ष नयाँ फेरियो ।
हाम्रो मन मस्तिष्क र चिन्तनमा, के परिवर्तन भयो ?? ।।७१।।

संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक आफ्नै स्वशासन ।
संविधानसभा वाट संविधान  निर्माण, २०७२ को महान देन ।।७२।।

नयाँ स्थिति परिपाटी अग्रगामी, चिन्तन अनि सोच ।
हे ! नेतृत्व गण अव जनहित र कल्याण सधै रोज ।।७३।।

संविधानको कार्यान्वयन स्थानीय, प्रदेश सभा संघीय निर्वाचन ।
संघीयता कार्यान्वयन गर्न लगाउ अव, बुद्धि बल हे नेतृत्व गण ।।७४।।

लोकतान्त्रिक गणतन्त्रात्मक संघीयता कार्यान्वयन अग्रगामी कदम ।
स्थानीय, प्रदेश, संघीय, राष्ट्रिय सभा समेतको ऎतिहासिक निर्वाचन ।।   
नयाँ नेपाल निर्माण गर्ने महान जिम्मेवारी हाम्रो काँधमा आयो ।
मुलुकमा राजनीतिक बिकासको नयाँ चरणको प्रादुर्भाव भयो ।।७५।।

संघीयता सबल र सुदृढ स्थानीय तह र प्रदेश लाई अधिकार दिई ।
सिंहदरबार गाउँमा कर्मचारी समायोजन  सरकार निर्माण गरि ।।
नयाँ नेपाल निर्माणको नयाँ नीति, रणनीति योजना र कार्यक्रम ।
आफ्नो बिकास निर्माण आफै गर्नुपर्ने राखौं  दृृृढ  प्रण ।।७६।।

कोरोना भाईरस कोभिड-१९ को महामारी विश्व सन्त्रास पारी ।
चिनको हुवाई बुहानवाट यो असाध्य रोग शुरु भयो कसो गरि ।।
बन्दाबन्दी न उपचार न उपाय कठिन अग्नि परिक्षाको घडी ।
२०७७ नयाँ बर्ष ले कोभिड १९ लाई सहज  परास्त गरि ।।७७।।                                                                                                           कोभिड १९ को सन्त्राश ज्युंँकात्युंँ, वातावरण प्रदुषणको भयावह ।     राजनीतिक  र   प्रशासनिक  गतिहीन अन्योल नीति  कानुनमा ।।   पूरा हुुन् नविन  योजना जनताका दैनन्दिन समस्या दुु:ख पिडा ।       आफन्त साथीभाइ  चिरपरीचित सबैमा हार्दिक  शुभकामना ।।७८।।                                                             

प्रस्तुति: "थुँङ्गे कवि"                                                            🌹🌹🌹🌹🌹🌹🌹                                                                                                                                                ✍️ बसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ 
रचना मिति :२०७० साल चैत २८ गते शुक्रवार पुनः जोड तथा परिमार्जन मिति २०७७\१२\३० सोमबार शुभम्
।                                                           

Comments