१९७. “मेरा बाबा,आमा र म”

 “मेरा बाबा,आमा र म”       

✍️ मेरा बुबा स्व. बलदेव प्रसाद अधिकारी र आमा श्री भावना अधिकारी, २०३६ बुबाको स्वर्गवास हुनुभन्दा पहिलाको तस्बिर 

मलाई यस्तो लाथ्यो । 

म चार बर्षको हुँदा —मेरा बाबा र आमाले जे पनि गर्न सक्छन् । 

म पाँच बर्षको हुँदा —मेरा बाबा र आमालाई सवै कुरा थाहा छ । 

म छ बर्षको हुँदा —अरूका भन्दा मेरा बाबा र आमा फूर्तिला छन् ।

म आठ बर्षको हुँदा — बाबा र आमालाई सवै कुरा त्यति थाहा छैन । 

म दश बर्षको हुँदा —बाबा आमा र मेरो जमानामा अन्तर आईसकेको छ । 

म बाह्र बर्षको हुँदा — बावा र आमालाई केही थाहा छैन स्मरण शक्ति हराईसकेका छन् । 

म चौध बर्षको हुँदा —बाबा र आमाको कुरा सुन्नु बेकार छ ।  

म एक्काईस बर्षको हुँदा —मेरा बावा र आमा हे भगवान ति त सत्य युगका कुरा गर्छन । 

म पच्चीस बर्षको हुँदा — बाबा र आमालाई अलिकति कुरा थाह छ । 

म तीस बर्षको हुँदा —बाबा र आमालाई सोध्नुपर्छ वाहाँले के भन्नु हुन्छ । 

म चालिस बर्षको हुँदा — बाबा र आमाले कसरी व्यवहार धाने होलान् ?

म पचास बर्षको हुँदा — यदि अहिले बाबा र आमा भईदिएको भए कति कुरा सोध्थे होला ।।

संकलक तथा सम्पादन : वसन्तराज अधिकारी @Bullet Bro.

कीर्तिपुर,  काठमाडौं ।                                                                  [मिति : शनिबार २८ चैत्र २०७७ शुभम्]          

✍️ Me Basanta Raj Adhikari

Comments