१६०. एकातिर कोरोनाकहर अर्कोतिर, वायुमण्डल प्रदुषण । आफैले संयमगरेर राखौं सहज र सरल जीवनयापन ।।

एकातिर कोरोनाकहर अर्कोतिर, वायुमण्डल प्रदुषण ।     आफैले संयमगरेर राखौं सहज र सरल जीवनयापन ।।

✍️ वसन्तराज अधिकारी
                             कीर्तिपुर, काठमाडौं, नेपाल                                  

आकाश डम्म रहि ढाकेर तुवाँलो सरि, शहर भरी ।
अस्वस्थ स्वास फेर्न असहज, वायु पदूषणले गरि ।।
मुखमा मुखावरण "मास्क" आँखामा चस्मा लाएर ।
नियाल्दै छु यो शहर मानिस बस्न, कष्टकर बनेर ।।
                            ।।१।।
बनमा लागेको डढेलो धुवाँ र धुलो कलकारखाना । 
उद्योग धन्दा अनियंत्रित, अस्वस्थकर जीवनयापन ।।
शिक्षणसंस्था चारदिन बन्द, वायुमण्डल भै अस्वस्थ ।
सावधानी होशियारपूर्वक कार्यव्यवहार, रहुँ व्यस्त ।।
                            ।।२।।
अत्यावश्यक कामै नपरी बाहिर तिर, हिड्डुल नगरौं ।
सुरक्षीत साथ व्यस्तता साथ, घरमा बस्ने अभ्यास गरौं ।।
एकातिर कोरोनाकहर अर्कोतिर, वायुमण्डल प्रदुषण ।
आफैले संयमगरेर राखौं सहज र सरल जीवनयापन ।
                              ।।३।।                                                         मिति :  सोमबार १६ चैत  २०७७ शुभम् ।

Comments