१४४. हामी भित्र "नारी" छन्

हामी भित्र "नारी" छन्

✍️ वसन्तराज अधिकारी सपरिवार 
                           कीर्तिपुर, काठमाण्डौंं         


बाहिर हेर्दा हामी
फरकफरक ।
कोहि "नर"
कोहि "नारी" ।।१।।

"नर" के हो ?
पुरुष सर्वसत्ता ।
अहंकार मपाईत्व
बलिष्ठ शक्ति ।।२।।

"नारी" को हुन् ?
सहधर्मिनी अर्धाङ्गिनी
सरल र सहज
जवाफ एउटै
आमादिदी बहिनी
छोरी चेली
नरको आधा ।।३।।

पुर्ण अर्थ बुझौं
कठिन छ स्वीकार्न
महि + ईला=महिला
आदि माता ।।४।।

परन्तु, हामी नारी
बन्न रुचाउँछौं र
भन्न पनि किनकि
यो सरल छ
सहज र निर्द्वन्द ।।५।।

हुन् पनि महिलाले
पुरुषलाई ललकार्छ ।
द्वन्द्वात्मकता छ
यसैमा छ बिद्रोह
"नारी" संस्कारित
कुलाचार शिष्टाचार
आचरणको घेराबन्दी
काँढेतार रुपि
परम्पराको जटिल
अभेद्य बन्धनमा ।।६।।

कानुनी शब्द "महिला"
महिला आयोग छ ।
महिला मन्त्रालय
महिला आन्दोलन
कतै कहिँ छैन
"नारी" आयोग
"नारी" मन्त्रालय र
"नारी" आन्दोलन
तसर्थ,
पुनः एक वाक्यांशमा
म भन्छु हामी भनौं
हामी भित्र "नारी" छन्  ।।७।।

🙏🙏 धन्यवाद 🙏🙏

✍️ रचना : वसन्तराज अधिकारी
१११ औं अन्तर्राष्ट्रिय महिला दिवस
हाल : कीर्तिपुर, काठमाण्डौं ।

Comments