नोकरी भनि रोजेको सेवा…………
✍️ वसन्तराज अधिकारी |
गाउँमै जन्मे गाउँमै हुर्के, गाउँमै पढेर ।
शिक्षक बनि घर गाउँवाट, सेवामा जुटेर ।।१।।
स्वतन्त्र र निष्पक्ष छनौट, योग्यता प्रणाली ।
निजामती सेवामा प्रवेश गरे, लोक सेवा पास गरि ।।२।।
जागीर खान कसैको भनसुन, हात पाउ जोडिन ।
घमण्ड, ईष्र्या लोभ र मोह, कहिल्यै बोकिन ।।३।।
राजनीतिक स्वार्थ जाल र झेल प्रपञ्च रचिन ।
राजनीतिक सँग सहकार्य भयो, आशक्त लिईन ।।४।।
जिल्ला र क्षेत्र केन्द्रिय सेवा, सरकारी नोकरी ।
बढुवा भए योग्यता क्षमताले, प्रतिस्पर्धा गरि ।।५।।
संघीय सरकारको दीर्घ सेवा, गरेर पश्चात् ।
संघवाट काजमा पनि खटियो, स्थानीय तहमा ।।६।।
चार दशक करिब सरकारी सेवा, निजामती र शिक्षक ।
राष्ट्रसेवक भै बुद्धि र विवेक खर्चेर, सधैं, देशकै रक्षक ।।७।।
नोकरी भनी रोजेको सेवा उत्तम रैछ है ।
सेवा भाव इमानदारी, कर्तव्यबोध भएर सधैं ।।८।।
जनसेवा एउटा जागीर, मात्र होईन रहेछ ।
सिङ्गो जीवन समर्पण गर्दा, तपस्या भएछ ।।९।।
स्वाभिमानी निजामती सेवक, उत्तम भएछ ।
नोकरी भनि रोजेको सेवा, महान रहेछ ।।१०।।
~~~समाप्त~~~ तस्बिर झलक : राजापुर नगरपालिका, बर्दियावाट बिदाईका क्षण उपप्रमुख श्री मनकला कुमारी चौधरीज्युको साथमा हामी दम्पति ❤️
रचनाकार: ✍️ बसन्तराज अधिकारी
रचना मिति : २०७७\०५\०८ मंगलबार
स्थायी ठेगाना : घोराही उपमहानगरपालिका, दाङ हाल : कीर्तिपुर, काठमाण्डौं, नेपाल । ✍️ बर्दियावाट प्रकाशित हुने हाम्रो भावना राष्ट्रिय दैनिकमा प्रकाशित भएको ।
Comments
Post a Comment