१४८. अवकाशप्राप्त भएपछि के गर्ने होला, योजना बुन्दैछु………

 अवकाशप्राप्त भएपछि के गर्ने होला, योजना बुन्दैछु……… 

✍️ वसन्तराज अधिकारी
                             उपसचिव, नेपाल सरकार 
             

उपसचिव पदोन्नति भएपछि निरन्तर, पाँच बर्ष सम्म ।
हाकिमको रूपमा व्यतीत भए, चुनौतीपूर्ण ति क्षण ।।
निर्वाचनमा क्षेत्रीय निर्वाचन अधिकारी, बाँकेको प्रमुख ।
बबई गापा र राजापुर नपामा, प्रशासकीय प्रमुख  ।।१।।

अन्ततः मन्त्रालयको चाहना र आफ्नो मन्जुरीमा ।
युवा तथा खेलकुद मन्त्रालय, आई पुगियो संघमा ।।
नयाँ काम कार्यबोझ र जिम्मेवारी सरल र सहजता छ ।
उपसचिवको जागीर मन्त्रालयमा, सन्तुष्टि भैराछ ।।२।।

बाँकी छैन अव सेवाअवधि धेरै, मात्र चार महिना ।
यति थोरै अवधिमा उत्तम लिनुनैछ, सन्तुष्टि र चैन ।।
व्यतीत भो निजामती एकतीस, शिक्षक सेवा बर्ष सात ।
मात्र केवल अब बाँकी छ है सरकारी, सेवा अवशेष ।।३।।

सहलेपा देखि ना.सु; शा.अ. पनि, उपसचिव भैयो ।
जिल्ला क्षेत्र केन्द्र बिभाग मन्त्रालय, गापा नपा गैयो ।।
पहाड तराई भित्रीमदेश उपत्यका, अनुभव भयो सबै ।
उपसचिव झुन्डियो नि सचिव बन्ने, सपना रह्यो अधुरै ।।४।।

राजापुरवाट युवा तथा खेलकुद,  रमाना एक महिना ।
मनको ईच्छा पुगेपछि ह्रदयमा भएको छ सुख चैन ।।
अवकाशप्राप्त भएपछि के गर्ने होला, योजना बुन्दैछु ।
साथीभाइहरु वाट उचित सल्लाह भए, कृतज्ञ हुनेछु ।।५।।

रचनाकार :
✍️  वसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय ।
[मंगलबार ३ चैत २०७७ शुभम्]

Comments