१४२. मेरो देश नेपाल

 मेरो देश नेपाल   

✍️ वसन्तराज अधिकारी
                                     कीर्तिपुर, काठमाण्डौं 

***** गजल गीत *****

सगरमाथा शिरमा मेरो
बुद्ध जन्मस्थल ।
बनेको छ सुन्दर शान्त
स्वतन्त्र अटल ।।१।।

गोपाल, किराँत लिच्छवि
मल्ल शाहकाल ।
कसैको कहिल्यै अधिनस्त भैन
मेरो देश नेपाल ।।२।।

पुर्वमा टिष्टा नदीको सिमा
पश्चिम किल्ला काँगडा ।
थियो नेपाल विशाल भुभाग
सुगौली सन्धि भन्दा पहिला ।।३।।

कम्पनी सरकार ईण्डियावाट
फिर्ता जब भयो ।
पुर्व मेची पश्चिम महाकाली
सीमाबध्द रह्यो ।।४।।

ईण्डिया चाईनाको युद्ध भयो
ईण्डिया खेदियो ।
ईण्डियन सेनालाई कालापानीमा
शरण दियो ।। ५।।

पञ्चायती बहुदलीय शासन
शासकको बेवास्ता ।
मिच्दै गयो ईण्डियाले कालापानी
गड्डाचौकी, सुस्ता ।।६।।

छिमेकीको हेपाया प्रवृति
व्यवहार तुच्छ छ ।
जुन चोर उसको ठूलो स्वर
अझै उ गर्दैछ ।।७।।

संघीय लोकतान्त्रिक गणतन्त्र हो
मेरो देश नेपाल ।
दक्षिणमा दशगजा जंगे पिलर
उत्तर  हिमाल ।।८।।

गोर्खाली वीर नेपाली जाती
बिश्वमा प्रसिद्ध ।
शान्तिस्थल र पवित्र भुमि
जन्मस्थल गौतम बुद्ध ।।९।।

हटदैनौं पछि डटेर बढछौं
मातृभुमिको रक्षार्थ ।
देखाउने छौं मौकामा डटी
नेपालीको पुरुषार्थ ।। १०।।

आफ्नो शासन आफै गर्ने
संघीय लोकतन्त्र ।
गणतन्त्रात्मक देश मेरो
स्वाभिमान स्वतन्त्र ।।११।।

हिमाल पहाड तराईको
फाँट हरियाली ।
बनस्पति बन्यजन्तु पशुपंन्छी
छ समृद्ध शाली ।।१२।।

प्राकृतिक अनुपम
सुन्दर संरचना ।
सुर्योदयको उषाकिरण
स्वर्णिम गहना ।। १३।।

जति हेर्यो हेरि रहुँ
लाग्ने भुस्वर्ग ।
जन्म पाएकोमा छ
ह्रदयमा गर्व ।।१४ ।।

सांस्कृतिक सामाजिक
चाडपर्व धर्म ।
आफ्नै मौलिक रितिस्थिती
संस्कार प्रचलन ।।१५।।

प्राकृतिक नदी ताल
झरना सरोवर ।
हेर्न आउन बिदेशीलाई
असाध्य रहर ।।१६।।

कोरोनाको कहरले
बन्दी भएका छौँ ।
पर्यटन बर्ष २०२० स्थगित
पनि गरेका छौं ।।१७।।

कोरोनाको कहर
जब अन्त्य हुन्छ ।
पर्यटनको बिकास
पहिलो गन्तव्य बन्छ ।।१८।।

✍️ गजल गीत रचनाकार : बसन्तराज अधिकारी
स्थान : राजापुर, बर्दिया
रचना मिति: २०७७/०२/११ आइतबार पुनः परिमार्जन सहित ।

Comments