१५२. १. परिचय कविता र २. हे ! साथी म गाउँछु गीत

 १. परिचय कविता र

२. हे ! साथी म गाउँछु गीत                    

           
✍️ पुञ्ज्यनिय आमा भावना अधिकारी सँग बायाँ वाट क्रमशः कान्छो भाइ बाबुराम अधिकारी, कान्छी बहिनी मा. जि.न्या. सीता अधिकारी अर्याल, माहिलो बहिनी मधु अधिकारी ज्ञवाली, आमा महतारी, ठुली बहिनी बालिकादेवी न्यौपाने र म वसन्त राज अधिकारी एक कार्यक्रममा, घोराही उपमहानगरपालिका, दाङ नेपाल ।                                                               

१. परिचय कविता

मानपुर गाबिस घर हो मजगाउँ ।
अधिकारी थर हो भावना हो नाउँ ।।
रझेना आयौं हालै घुमेर ।
त्रिहत्तर  बर्ष भो मेरो उमेर ।।
बोल्दैछु आज  कविता सुनाइ ।
नाउँ ठेगाना सबै बताई ।
चिन्नु हुनेछ भन्ने गर्छु आशा ।
लेख्छु  कविता हुँदैन निराशा ।।

२. हे ! साथी म गाउंछु गीत.......

हे साथी ! म गाउँछु गीत
अंग्रेजी बोल्दैन म सीत ।

जहिले पनि रिसाकै छ
के गरिछु मैले ।।

अंग्रेजीको मुख पनि
देखिथिन पैले ।।

एवीसिडी बल्ला बल्ला
बोल्न भनी लाग्छन ।

अरु अक्षर मलाई देख्दा
सात कोष पर भाग्छन ।

हे साथी म गाउँछु गीत ....
अंग्रेजी बोल्दैन मसीत ।।

✍️ आमा भावना अधिकारी (७५ बर्ष)
घोराही उपमहानगरपालिका वार्ड नं.१८ दाङ

सम्पादन सहयोगी : जेष्ठ सुपुत्र वसन्त राज अधिकारी
उपसचिव, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाण्डौं ।

Comments