१४६. बुलेट ब्रो. का धारावाहिक मुक्तक थुङ्गाहरु [१६+१४=३०]

My Live plz. Open this Link 📝❤️🌻🚾🇳🇵https://m.facebook.com/story.php?story_fbid=2164015813766076&id=100004730354139                                                                                                                                                                                  बुलेट ब्रो. का धारावाहिक मुक्तक थुङ्गाहरु [१६+१४=३०]

{५ बर्ष पहिला २०७२ र हालसम्मको समेटिएको}

✍️ @ Bullet Bro.
                                                                                                                           [वसन्त राज अधिकारी] 

१. KTM मा !?


KTM मा घर छैन,

आफन्तको भर्छैन ।

सरखारी जागीर छ,

भोखै मरिने डर छैन ।।१।।


२. अफिस !?


कमैले गर्ने काम,

धेरैले TIME PASS ।

तथापि, यसकै छ आश,

खान दुई गाँस ।।२।।


३. सिंहदरबार !?


शासन प्रशासनको केन्द्र,

नेपाल मेरो देश ।

भुकम्पले ध्वस्त भयो,

मात्र अवशेष ।।३।।


४. जागीर !?


पेशा भनि रोजे पनि,

वृत्ति भै सकेछ ।

बठ्याई गर्ने टाठा बाठालाई,

मात्र सार्थक रैछ ।।४।।


५. हाकिम !?


सर्वेसर्वा आफै,

अफिसको मुली ।

कमाई कजाई भएमात्र,

हुन्छ ढलीमली ।।५।।


६. साथी !?


हलो साथी,

चलो साथी ।

भलो साथी,

अगतिलो साथीभन्दा,

नभएकै जाती ।।६।।


७. सहधर्मिनी !?


सहधर्मिनी जीवनसाथी,

अन्तरंग मित्र ।

यिनी भएपछि मात्र,

घरसंसार पुर्ण ।।७।।


८. पैंसा !?


नभै पनि नहुने,

पैसैं खान पनि नहुने ।

चञ्चलाश्री धेरैभए,

भइने भाग्यमानी ।।८।।


९. काम -चार !?


सहायकको काम,

आफ्नै काम ।

आकस्मिक काम,

सिर्जनात्मक काम ।।

यतिभए कसैलाई पनि कहिल्यै,

बस्नुपर्दैन बिना काम ।।९।।


१०. दु:ख !?


भोकोलाई खान, 

नपाउँदाको दु:ख ।

अघाएकालाई धेरै कमाएर,

सञ्चयको दु:ख ।।

सबैभन्दा ठूलो दु:ख,

अज्ञानताको महादु:ख ।।१०।।


११. सुख !?


ईच्छा पुग्नु,

दु:खवाट मुक्ति ।

सुखको मुल,

सन्तोष ।।

ज्ञान मुलम् सुखम् ।

त्याग मुलम् सन्तोषम् ।।११।।


१२. धर्म !?


धर्मको मुल, 

परोपकार ।

धारण गर्नु,

धर्म हो ।।

स्वधर्म महान,

पुर्खौलो नहार्नु,

अर्घेलो नगर्नु ।।१२।।


१३. आमा !?


दस महिना कोषमा,

अमृत दुधपान ।

आमाभन्दा कोही छैन 

महान ।।१३।।


१४. बुबा !?


बंश बिज दाता,

कुल हुन् पिता ।

उनकै कृपाले,

चल्दैछ जीवनगीता ।।१४।।


१५. समय !?


शाश्वत सत्य,

नित्य निरन्तर ।

आदर्श अग्रगामी,

महान शिक्षक ।।१५।।


१६. मानव अधिकार !?


न्युनतम मानवीय मर्यादा,

बाँच्नका लागि अत्यावश्यक ।

विश्वव्यापी अहरणिय,

सार्वभौम नैसर्गिक अधिकार ।।१६।।


१७. लकडाउन !?


आफू बचौं अरुलाई बचाउँ,

सुरक्षीत साथ घरमा बसौं ।

बन्दाबन्दी एकान्तवास,

सबैलाई हुन्छ बाँच्नको आश ।।१७।।


१८. कोरेन्टीन!?


मानिसलाई सुरक्षीत घर,

स्थानीय सरकारको भर ।

जिल्ला, प्रदेश केन्द्रले आदेश गर,

क्वारेन्टाइनमा कसैलाई हुन्न रहर ।।१८।।


१९. आईसुलेसन !?


अलगथलग व्यवस्थापन,

हुन्छ एकान्तवास ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको,

निर्विकल्प आश ।।१९।।


२०. कोभिड-१९


चीनको बुहान,

यसको मुहान ।

लाखौं मानिसलाई,

बनायो एकै चिहान ।।

नऔषधि न उपाय,

छैन केही बन्दाबन्दी सिवाय ।।२०।।


२१. सामाजिक दुरी !?


बन्दाबन्दी लकडाउन पुत्र,

यस्को पालन गर्नु सर्वत्र ।

बीस सेकेन्ड सम्म साबुनपानीले हात,

मिचिमिचि धुनु ।।

नभए स्यानिटाईजर घस्नु,

भरिसक घरमै बस्नु ।।

अत्यावश्यक काम मात्र,

सामाजिक तथा शारीरिक दुरी कायम गरि,

अनलाइन वा आन्तरिक काम मात्र गर्नु ।।२१।।


२२. सरकारी नीति !?


मार्गदर्शन दस्तावेज,

एउटा घोषणापत्र ।

जनतालाई देखाउने,

सरकारी ब्रह्मास्त्र ।।२२।।


२३. राहत !?


असंगठित क्षेत्र,

अतिबिपन्न मजदुर बर्ग ।

सरकारी कोष ढुकुटी र 

दाताको सहयोगवाट हुन्छ खर्च ।।

पाउनेलाई मुठी,

दिनेलाई उठी ।

बन्नुपर्छ आपतधर्मपालन,

न्याय निष्पक्षता एक्यवद्धता ।।२३।।


२४. नगरपालिका !?


स्थानीय सरकार,

जनप्रतिनिधि ।

संघीय, समायोजन,

स्थानीय र करार ।।

मिश्रित कर्मचारीको 

कामकाजको भर ।।

संघीयताको कार्यान्वयन,

बामेसराई छ गति ।

सकारात्मक सोच र चिन्तन,

नेतृत्वमा आवस उत्तम मति ।।२४।।


२५. सरकारी बजेट !?


गत बर्षको यथार्थ खर्च,

चालुवर्षको परिमार्जित ।

आगामी बर्षको अनुमानित,

अर्थ राजनीतिक भाषण ।।

जनतालाई गर्ने शासनको अस्त्र,

यहि त हो अचुक ब्रह्मास्त्र ।।२५।।


२६. दशगजा !?


दक्षिणमा भारतीय सीमा,

अस्पष्ट भ्रमपुर्ण ।

अंग्रेज पालादेखिकै,

असमान सुगौली सन्धीको अवशेष ।।

कतै नदी, कतैं जंगल कहिं समतल फाँट,

चढाईछ ईण्डियाको दम्भ र उन्माद ।।२६।।


२७. जंगे पिलर !?


श्री ३ राणा जंगबहादुर नामको,

बडेमानको ठूलो सीमास्तम्भ खम्बा ।

त्यसपछि कसैको ध्यानाकर्षण नभएको,

शासक कति आए गए गरौं हिसाब् जम्म ।।

सीमामा सधैं हुने विवाद सुन्नुस् 

यसकै परिणति हो भन्नूस् ।।२७।।


२८. सीमा अतिक्रमण !?


सीमा संवेदनशिलता,

कुटनैतिक मर्यादा ।

अन्तर्राष्ट्रिय मामिलामा,

कमीकमजोरी छ सर्वदा ।।

आफ्नो थैलो बलियो नभै,

किचकिच र झगडा लफडा सधैं ।।२८।।


२९. भारतीय बिस्तारवाद !?


अंग्रेज शासन,

इष्ट इण्डिया कम्पनी ।

बिस्तारवादको जननी ।।

सबै छिमेकी संग सधैं विवाद,

डर्टि ईण्डिया अल गो व्याक ।।२९।।


३०. नेपालको आधिकारिक नक्शा !?


कालापानी, लिपुलेक, लिम्पियाधुरा,

व्यास~छाँङरु गाउँपालिका दार्चुला । 

समेटिएको नेपालको आधिकारिक नक्शा ।।

यहीँ त हाम्रो एउटा राष्ट्रियताको आधार,

हार्दिक धन्यवाद छ नेपाल सरकार ।।३०।।


✍️ बसन्तराज अधिकारी

राजापुर नगरपालिका, बर्दियावाट 

लाईभ मिति: २०७७ जेष्ठ १७ गते शनिबार अपरान्ह ४:३० बजे ।

Comments