१४५. रुद्राष्टकम्, ॐ नम: शिवाय शिवस्तोत्रम् सरल नेपाली भाषामा अर्थ सहित

रुद्राष्टकम्, ॐ नम: शिवाय शिवस्तोत्रम् सरल नेपाली भाषामा            

✍️ वसन्तराज अधिकारी तथा एशोदा अधिकारी 
       घोराही उपमहानगरपालिका, दाङ, लुम्बिनी प्रदेश, नेपाल 
                    हाल : कीर्तिपुर, काठमाण्डौंं, नेपाल                     


नमामीशमीशानिर्वाणरुपं, विभुंव्यापक्ं ब्रह्यवेदंस्वरुपम । अजं निर्गुणं निर्विकल्पं निरीह, चिदाकाशमाकाशवासं भजेहम्  ।।१।। निराकारमोंकारमुलंतुरीयं, गिरा ज्ञानगोतीतमीशंगिरीशम । करालं-महाकाल-कालं कृपालं गुणागार संसार पारं नतोहं ।।२।। तुषाराद्रीशंकासगौर गभीरं, मनोभुतकोटीप्रभासं शरीरम, स्फुरमौलोकल्लोलिनीचारुगंगा लसदभालबालेन्दु कण्ठे भुजंगा ।।३।। चलत्कुण्डलं शुभ्र नेत्रं विशाल, प्रसन्नाननं नीलकण्ठं दयालुम ।। मृगाधीशचर्माम्बरं मुन्ड मालं, पियं शंकर्ं सर्वनाथं भजामि ।। प्रचण्डं प्रकष्टं प्रगल्भं परेशं, अखण्डं अजं भानुकोटिप्रकाशम ।। त्रयोशुलनिर्मुलनं शुलपाणिं,भजेहं भवानीपतिभावगम्यम ।।५।। कलातीतकल्याण कल्पान्तकारी, सदासज्जनानन्ददातापुरारि:।। चिदानन्द सन्दिह मोहाहरी, प्रसीद प्रसीद ! प्रभोमन्मथारि: ।।६।। न यावाद उमानाथ पादारविन्दं, भजन्तीह लोके परे वा नराणाम ।। नतावत्सुखं शान्तिसन्तापनाशं, प्रसीद प्रभो ! सर्वभुताधिवासम ।।७।। न जानामी योगं जपं नैव पुजां, नतोहं दास सर्वदा देव ! तुभ्यम ।। जराजन्मदु:खौघतातप्यमानं, प्रभो पाही आपन्नमामीश ! शम्भो ।।८।। रुद्राष्टकंमिद्ं प्रोक्तं बिप्रेण हर तुष्टये ।। ये पठन्ति नरा भक्त्या तेषां शम्भु: प्रसिदति ।।९।।

इति श्रीगोश्वामीतुलसीदासकृतं श्रीरुद्राष्टकं सम्पुर्णम ।।

भावार्थ : (सरल नेपाली भाषामा)

----------------------------------------

निर्वाण वा मोक्ष स्वरुपका श्मसानमा बास गर्ने हजुरलाई नमस्कार छ । बिभुती र सर्वव्यापकस्वरुप ब्रम्ह वा वेद स्वरुप ! हजुर निर्गुण स्वरुपका, बिकल्परहित, अत्यन्त पवित्र, पुर्णाकाश झै खुलेका हे पुर्ण ब्रम्ह परमेश्वर हजुर हाम्रो स्वामी/मालिक हुनुहुन्छ  । 

निराकार आकार रहित सम्पुर्ण जगतका मुल, ज्ञान सागर, अत्यन्त गम्भीर, पारपाई नसकिने, गिरीराज पर्वतराज समान, डरलाग्दो अति भयंकर, दयावान, गुणग्राह्यी संसारले पार पाउन नसकिने हे प्रभु ! हजुर अत्यन्त सुन्दर गौर बर्णका हुनुहुन्छ ।

संसारमा सवै मानवहरुको तन, मनमा निवास गर्ने हे प्रभु !  हजुरका शिरदेखी पवित्र गंगा बहेकी छन, दायाँ बायाँ र सम्पुर्ण शरीर ठुल्ठुला पहाड पर्वत समान र गलामा संसारलाई दग्ध गर्न खोज्ने कालकुट विष धारण गर्नाले संसारले "निलकण्ठ" नामले पुकार्दछ। 

हजुरलाई कसैले जित्न नसक्ने प्रचण्ड, कुनै प्रकारका दुख कष्ट भन्दा माथी, पार पाउन नसकिने अपरम्पार, देउताहरुका पनि देवता, हजुर करोडौं भानु वा सुर्य समान होईबक्सिन्छ । त्रिशुल धारणकर्ता सज्जन साधु जनलाई अत्यन्त भरोसा दिने, दयावान ! 

हे माता भवानीका पतिदेव ! हजुरलाई केवल भाव वा भक्तिले मात्र जान्न वा बुझ्न सकिन्छ । हजुर महान कलाकार हुनुहुन्छ, कल्याणकारी हुनुहुन्छ । युग युग कल्प कल्पान्त सम्म रहिरहनु हुन्छ । सदैव सज्जनको आराध्य देव हुनुहुन्छ । 

हे ! सदचिद आनन्दस्वरुप "चिदानन्दस्वरुप" सम्पुर्ण माया मोह रहित हे प्रभु हाम्रो मन मस्तिष्कमा हजुर बिराजमान हुनुहुन्छ । हे उमापती म अल्पज्ञले हजुरको महानताको बर्णन गर्न सक्तिन । केवल हजुरको पाउ दर्शनको लागि प्राथना गरिरहेछु । हजुरवाट सुख, शान्ति प्राप्त हुने, सन्ताप, शोक, भय, संसारिक दुख, ताप, चाप सबै हजुरको दर्शन मात्रले नाश हुन्छ्न । 

हे ! प्रभु हजुर सम्पुर्ण जड चेतनमा निवास गर्नु हुन्छ । हामीले योग, जप, पुजा आजा केही जान्दैनौं । सदैव ह्रदयमा आराध्यदेवकारुपमा स्थान दिएका छौ । यो संसारमा जन्म नै दु:ख हो । संसारको राप, चाँप र ताप वाट मुक्त गरि हजुरमै अन्तर्भुत हुन पाउँ । हे प्रभु ...!!!

ॐ नम: शिवाय:   

                                                                                        कर्पुरगौरंकरुणावतारं संसारसारंभुजगेहेन्द्रहारं ।                          सदावसन्तंह्रदयारविन्दे, भवंभवानी सहितं नवामी ।

=नागेन्द्रहाराय त्रिलोचनाय, भष्माङगरागाय महेश्वराय । नित्यायशुध्यायदिगम्वराय, तस्मै  काराय नम: शिवाय: ।।=मन्दाकिनीसलिलचन्दनचर्चिताय, नन्दीश्वराप्रमथनायमहेश्वराय :।    मन्दारपुष्पबहुपुष्पसुपुजिताय, तस्मै  काराय नम: शिवाय: ।।शि=शिवायगौरीबदनाब्जवृन्द, सूर्यायदक्षध्वरनाशकाय : ।                  श्रीनिलकन्ठायबृषध्जाय:, तस्मै शि काराय नम: शिवाय : ।।  =बाशिष्ठकुभ्भोद्भवगौतमार्य, मुनिन्द्रदेवार्चितशेखराय : ।                  चन्द्रार्कवैश्वानरलोचनाय, तस्मै  कारायनम: शिवाय : ।।  =यक्षस्वरुपायजटाधराय, पिनाकहस्तायचसनातनाय ।    देव्यायदेवायदिगम्वराय, तस्मै : काराय नम: शिवाय ।।     पन्चाक्षरमिदंपुण्यंयपठेत विश्वसान्नीध्यौ ।                      शिवलोकमवाप्नोति शिवेनसहमोदते ।। 

अथ: शिवस्तोत्रम सम्पूर्णम शुभम् :

भावार्थ  (सरल नेपाली भाषामा)

कपुर (फिनाईल) झै सफा, उज्यालो वर्ण भएका, दया माया र करुणाका खानी, संसारका सार, सर्पको माला गलामा गहना समान धारण गरेका, सदा ह्रदयमा निवास गर्ने, यस्ता भवानी सहित शिवशक्तिलाई मेरो नमस्कार तथा अभिवादन छ । 

नागको माला गला (घाटी) मा गहना समान धारण गरेका, तीन वटा नेत्र (आँखा) भएका,भष्म (मानिसलाई मसानघाटमा जलायपछी बाँकी रहेको खरानी (भष्म) धारणकर्ता "महेश्वर", नित्य सधै शुद्ध पवित्र, दिगम्बर "नाँगा बाबा" तपाईलाई मेरो नमस्कार छ । 

मन्दाकिनी (आकाशगंगा) समान चमक, शरीर भरी श्रीखण्ड घसेका, नन्दी बाहनमा सवार गर्ने, शिवगण भुत, प्रेत, पिशाच, भृङ्गी, चतुषष्टी योगीनी, डाकिनी, बोक्सी लगायतका प्रमथगणहरु साथमा लिने, बेलपत्र, फुल, पुष्प, धुप दिपले शोभनीय र भक्तहरूले पुजित गरिएको यस्ता हजुरलाई मेरो नमस्कार छ ।

हे शिव ! सदैव गौरी (पार्वती) साथमा लिने, शरीर अत्यन्त शोभनीय, सुर्य समान अध्यारो नाश गर्ने, दक्षप्रजापतिको यज्ञ बिनाश गर्ने, संसारलाई दग्ध गर्ने कालकुट विष घाँटीमा धारण गरि श्री निलकण्ठ नामले यश लोकमा प्रख्यात हुनु भएका, ध्वजा (झण्डा) बृष भएका यस्ता शिवलाई मेरो नमस्कार छ । 

बशिष्ठ, कुम्भ, गौतम लगायतका आर्य ॠषिश्वरहरु, मुनिश्वरहरु, देवर्षिहरुले युक्त, शिरमा अर्धचन्द्र शोभायमान, बैवश्व मनुहरु समेत साथमा हे मानव मात्रका ज्योति स्वरुप, यस्ता हजुरलाई मेरो नमस्कार छ । 

यक्ष स्वरुप,जटामुकुट धारण गरेका, हातमा पिनाक नामधारी शिव धनु धारण गर्ने, सनातन अर्थात सदासर्वदा एकनास रहिरहने, हे देवताहरुका पनि देवता दिगम्बर "नाँगा बाबा" यस्ता हजुरलाई मेरो नमस्कार छ । 

यी पाँच अक्षर न म शि वा य असाध्य पुण्य फलदायी छन । यो पाठ गरि पढेमा अरुलाई सुनाएमा शिवको सानिध्यता वा निकटस्थता प्राप्त गर्दछ । त्यस्ताले शिवलोक प्राप्त गर्दछन र शिवलोकमा शिवसमान पदवी प्राप्त गर्दछन । ✍️ धन्यवाद 

मिति : २०७७/११/२७ बिहीबार 

कीर्तिपुर, काठमाण्डौं  

पुनश्च : म अंग्रेजी शिक्षा पढेको व्यक्ती हो, श्रुति - स्मृति, प्रारब्ध र अध्यात्मिक भावनाले सामान्य अर्थ सहित जानी नजानी प्रस्तुति गरेको छु । कतिपय अशुद्ध हुन सक्छन ! शुद्धीकरण सहित सच्चाई पठन पाठन हुन सादर अनुरोध गर्दछु । ✍️ धन्यवाद

Comments