१२३. प्रेम गीत

 प्रेम गीत                                                                                      

✍️ वसन्तराज अधिकारी र एशोदा अधिकारी

टाढा हुँदा तिमीसंग .....

टाढा हुँदा तिमीसंग,
मायाँ बढदो रैछ ।
एकान्तमा अझ बढी,
याद आउँदो रैछ ।।१।।

टाढा हुँदा तिमीसंग.....

ईष्ट-मित्र गाउँ-समाज,
घरवार  टाढा ।
तर तिम्रो मायाँ किन,
भयो यति गाढा ।।२।।

टाढा हुँदा  तिमी संग .....

बालक कालका साथी छुटे,
भुले ती दौंतरी ।
तर तिम्रो मीठो याद,
भुलेन क्यै गरि ।।३।।

टाढा हुँदा तिमी सँग .....

अन्तर्यामी भाको भए,
ह्रदयका भाषा ।
बुझिने थियोे  होला,
मनभित्रको कथा ।।४।।

टाढा हुँदा तिमी सँग .....

कोही भन्छन जवानीको,
बाढी होयो माया ।
बुढेसकालमा सहाराको,
लाठी हो माया ।।५।।

टाढा हुँदा  तिमी संग .....

मनका कुरा धेरै थिए,
खोल्न बाँकी रह्यो ।
आशै आशमा यो जिन्दगी,
पनिगै गयो ।।६।।

टाढा हुँदा तिमी संग.....

आत्मसन्तोष  जिवनको,
अनमोल धन ।
एक्लै बस्दा अस्थिरता,
हुँदोरैछ मन ।।७।।

टाढा हुँदा तिमीसंग .....

रचनाकार : बसन्तराज अधिकारी
मिति : २०७३/०६/०९ रविवार
बाँके, नेपालगन्ज
हाल: राजापुर, बर्दिया ।

Comments