१३२. संसार प्रतिबिम्ब

 संसार प्रतिबिम्ब 

✍️ वसन्तराज अधिकारी
   साथमा आमा भावना अधिकारी र श्रीमति एशोदा अधिकारी                                                                                            

संसार एक सागर हो, हामी पानी हाँस ।

जतिसम्म बाँच्छौं साथी, रमाएर बाँच ।।१।।


पुण्यको प्रतिफल, मानवजीवन पाको । 

स्वज्ञान मिल्न सके, जीवन सार्थक भाको ।।२।।


मुठी कसी जन्मलियौं, हात पसारी जानु ।

मेरो भन्नु केछ याहाँ, एउटा कात्रो पनि डढाउनु ।।३।।


ज्ञान नै हो सर्वोत्तम सुख, अज्ञान सरी दु:ख ।

तृष्णा समान व्याधी छैन, क्रोध समान रोग ।।४।।


पराक्रमी वैभवशाली, वीर वीराङ्गना सबै ।

यो संसार सागरमा आए, गए गोता खाएर नै ।।५।।


धन सम्पत्ति साथ जान्न, जाने पाप पुण्यी ।

यहि कुरा नबुझेर, जन्ममरण चक्र चलीरनी ।।६।।


संसारको स्वार्थी नाता, भ्राता बन्धु भाइ ।

सुखमा छन अघि पछि, दुखमा कोईनाई ।।७।।


जस्तो रोप्यो उस्तै फल, प्रकृतिको रित ।

संसार जलाशय सागर, जल फोका मानव ।।८।।


सन्तोष सरि सुख छैन, तृष्णा समान रोग ।

सधैं हुने अतृप्तिको, धन सम्पत्ति भोक ।।९।।


कोरोना भाईरसको कहर, त्रशित छ मानव ।

संयम बनम् सुरक्षीत रहि, भौतिक दुरी साथ ।।१०।।


✍️ रचनाकार : बसन्तराज अधिकारी

रचना मिति, स्थान : २०७३ बाँके, नेपालगन्ज 

पुनः परिमार्जन सहितको प्रस्तुति ।

Comments