२२१. रक्सि तेरो अव कदापि, गर्दिन संगत चिने मैले तेरो ऎले, असली स्वरुप ।।

 रक्सि तेरो अव कदापि, गर्दिन संगत                                         चिने मैले तेरो ऎले, असली स्वरुप ।।                                                                                                                

✍️ वसन्तराज अधिकारी & एशोदा अधिकारी 
     घोराही उपमहानगरपालिका, दाङ हाल : राजापुर, बर्दिया 
               

रक्सि तेरो अव कदापि, गर्दिन संगत ।
चिने मैले तेरो ऎलेे, असलि स्वरूप ।। १।।

धेरै दिन भट्टी भित्र, भयो चिनाजान ।
अमृत झै मानि तँलाई, लागे मैले खान ।।२।।

होस हवास उडाएर, पारिस मलाई झल्ल ।
आखाँ खुल्यो धेरै पछि, चिने मैले बल्ल ।।३।।

बोत्तल भित्र बस्दा सम्म, हुन्छस् पानी जस्तो ।
पेट भित्र पुगे पछि गर्छस्, हल्ला कस्तो ।।४।।

सबै संग खोँचे थापी, खोज्छस् तैले निँहु ।
चिने मैले तँ त रैछस्, झगडाको बिउ ।।५।।

सताउँछस् बाटा विचमा, धेरै खाँदा खेरी ।
वाक्क विक्क बनाउछस्, विस्तारै फेरी ।।६।।

शरिरमा उठाउछस्, रोग नाना थरी ।
तेरो संगत गरेछु म, के को दशामा परी ।।७।।

तैँले गर्दा गैह्री खेत, बन्दकमा गयो ।
तैरिन तिरीयन अझै, बाकी रह्यो ।।७।।

तेरो संगत गरेपछि, फुकेँ धेरै धन ।
संम्झी ल्याउँदा ठेगानमा, रहँदैन मन ।।८।।

होस हवास गुमाएर घर, आउँदा खेरी ।
डराएर पर पर भाग्छन्, छोरा छोरी ।।९।।

गहभरी आँशु झिकि, दुई पाउ छुँदै ।
रक्सि खान छोडनोस्, भन्छिन् श्रीमतिले रूँदै ।।१०।।

रक्सि तेरो.......................
मैले........................... ।

✍️ संकलन तथा लेखन : बसन्तराज अधिकारी
रचना मिति : दिपायल, २०५० परिमार्जन मिति २०७७\०७\२८ शुक्रबार शुभम्
हाल : राजापुर, बर्दिया ।

Comments