१३५. पाँच बर्ष पश्चात् पुनः सिंहदरबारमा कामकाज

तसर्थ, सन्तुष्टिको आनन्दमा रमाउँछु अब ।

पाँच बर्ष पश्चात् पुनः सिंहदरबारमा कामकाज                          

✍️ वसन्तराज अधिकारी 
                                हाल :  कीर्तिपुर, काठमाण्डौं 

२०७२ मा स्वेच्छिक रोजाइ काठमाण्डौं छोडे
उप्रान्त आफ्नै भूगोलमा रमाउन खोजे ।
सतर्कता केन्द्र छँदा उपसचिव पदोन्नति भैयो
निर्वाचन आयोगमा पदस्थापना भै आइयो ।।१।।

२०७३/०७४ को ऎतिहासिक निर्वाचन बर्ष
स्थानीय प्रदेश र संघीय चुनाव भयो सार्थक ।
एउटा गौरवमय गरिमाको आत्मसात गरि
पुनः राज्यकै निर्देशनमा स्थानीय तहमा काजरही ।।२।।

आफ्नै जिल्ला स्थानीय तह बबई गापा कामकाज
संगठनात्मक व्यवस्थापकीय परिवर्तन पनि भयो जब ।
स्वाभाविक प्रक्रियामा खटियो पुनः नगरपालिका
कार्यस्थल पनि तोकियो बर्दियाको राजापुरमा ।।३।।

स्वज्ञान अनुभव बुद्धि विवेक र सामर्थ्य राखी
राजनीतिक सामन्जस्यता  सर्वोपरि ठानी ।।
चल्दै थियो सौहाद्रतामा नित्य दैनिक कामकाज
हठात आँधी बेहरी ल्यायो पुनः कस्तो हो यो राज ? ।।४।।

राजनीति श्रेष्ठ नै हो शासन प्रशासन
किन्तु यहाँ कहिलेकाही हुन्छ कुशासन ।
किमार्थ छैन दु:ख पीडा व्यक्तिगत हेर्दा
पद्धतिमा कता कता त्रुटिपूर्ण देखिदा ।।५।।

दलगत गुट फुट राजनीतिको दोष
नागरिकले कसरी पाउँछन् सेवा सहज ।
बिधि पद्धतिमा चले सबलाई शान्ति
मनोमानी स्वार्थतामा देखिन्छ है भ्रान्ती ।।६।।

तीसौं बर्ष सम्म  निजामती सेवा गरियो
अन्त्यमा अलिकति तितो व्यहोरियो ।
आफ्नै रोजाई आफ्नै खोजी स्वनिर्णय
व्यक्तिगत रुपमा भन्दा ढुक्क निर्भय ।।७।।

प्रयोगमा राजनीति उत्तम नीति बन्नुपर्ने सदा
प्रशासन  सदाचार जनमुखी पद्धतिमा रहँदा ।
आवाजहिन जनताले सुख शान्ति पाएभने मात्र
संघीय लोकतान्त्रिक गणतन्त्र हुन्छ सार्थक ।।८।।

प्रारम्भमै संघीय सेवामा खाएको यो जागीर
व्यतीत हुन्छ शुरुआत र अन्त्यमा त्यतै ।
तसर्थ, सन्तुष्टिको आनन्दमा रमाउँछु अब
पाँच बर्ष पश्चात् पुनः सिंहदरबारमा कामकाज ।।९।।

जिल्ला क्षेत्र केन्द्र सबै पुर्ण  भयो अनुभव
स्थानीय तहको पनि रह्यो सफ़ल कामकाज ।
धन्यवाद दिन्छु सबलाई  हे ! नेतृत्व गण
म संग पनि छ एउटा परिपक्व र सार्थक मन ।।१०।।

✍️ धन्यवाद

वसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
हाल : स्वनिवास घोराही उपमहानगरपालिका, दाङ ।

Comments