११८. ।। श्री ।। सुर्याष्टकम

 ।। श्री ।।

 सुर्याष्टकम 

                                                                                       🙏 वसन्तराज अधिकारी तथा एशोदा अधिकारी 
 निवास : घोराही उपमहानगरपालिका, दाङ, लुम्बिनी प्रदेश, नेपाल  

                                                                                        श्री गणेशाय नम: । साम्ब उवाच । आदिदेव ! नमस्तुभ्यं प्रसीद मम भास्कर ! ।।  दिवाकर ! नमस्तुभ्यं प्रभाकर नमोस्तुते ।।१।। सप्ताश्व-रथमारुढं प्रचण्डं कश्यपात्मजम । श्वेतपद्मधरंदेव्ं तं सुर्यं प्रणमाम्यहम ।।२।। लोहितंरथमारुढ्ंसर्वलोकपितामहम । महापापंहर्ं देवं तं. ।।३।। त्रैगुण्यं च महशुरं ब्रह्य-बिष्णुम्शेश्वरम । महापापंहर्ं देवं तं.।।४।। बृहितं तेज: पुज्यंश्च वायुराकाशमेव च । प्रभुस्ते सर्वलोकानां तं.।।५।। बन्धुकपुष्पसंकाशं हारकुण्डलभुषितम । एकचक्रधर देवं तं. ।।६।। तं सुर्यं जगत्कर्तारं महातेजप्रदिपनम । महापापंहर्ं देवं तं ।।७।। तं सुर्यं जगतां नाथ ज्ञानविज्ञानमोक्षदम । महापापहरदेवं तं.।।८।। सुर्याष्टकं पठेनित्यं ग्रह पीडाप्रणाशनम । अपुत्रो लभते पुत्रं दरिद्रो धनवान् भवेत ।।९।। आमिषं मधुपानं च य: करिती रवेदिने । सप्तजन्म भवेद्रोगी जन्म-जन्म दरिद्रता ।।१०।। स्त्रीतैलमधुमांसानी यस्त्यजेतुरवेदिने । नव्याधिशोकदारिद्र्यं सुर्य लोकं सगच्छती ।।११।। इति श्री शिवप्रोक्त्तं सुर्याष्टकं सम्पुर्णम ।।

भावार्थ :

।। श्री ।।

सुर्याष्टकम [सुर्यदेवका आठमन्त्र)

श्री गणेशाय नम: श्री गणेशजीलाई नमस्कार छ । साम्व ॠषि भन्नुहुन्छ -----

मेरा आदि देवता भास्कर (१) श्री सुर्यदेवलाई नमस्कार छ हजुर  । दिवाकर (२)  हजुर प्रभाकर (३) नमस्कार छ । सातवटा घोडाहरुको रथमा विराजमान प्रचण्ड (अत्यन्त पराक्रमी) (४) श्वेतबस्त्र धारण गर्नुभएको हजुरलाई नमस्कार छ । समस्त जगतभरमा तेज (प्रकाश) (५) प्रकाश छर्ने, वायु र आकाशमा व्याप्त सम्पुर्ण लोकका प्रभु आदित्य (साक्षात देवता) (६) हजुरलाई नमन छ । पुष्प मालाहरुले बिराजमान गलाहार कुण्डल धारण गर्नुभएको एकचक्र धारण गर्नुहुने हजुरलाई नमन । हजुरनै जगतका कर्ता रवि (७) हुनुहुन्छ । महापापहरणकर्ता हजुरलाई नमन छ । हजुर नै जगतका नाथ (जगन्नाथ) (८) ज्ञान र बिज्ञानले ओतप्रोत मोक्षदाता महापाप हरण गर्ने यस्ता हजुरलाई नमन छ । सुर्यका यी आठ मन्त्र नित्य पाठ गर्दा ग्रहहरुका पिडा नाश हुन्छन् । सन्तान नभएका अपुत्रलाई सन्तान पुत्र पुत्री प्राप्त हुन्छन् । आदित्यवार को दिनमा मास, मदिरा सदा वर्जित छ कदापि सेवन नगर्नु । अन्यथा सप्तजन्म सम्म दु:खी, दरिद्र र  रोगी हुनुपर्छ । शरीरमा तेल लगाउन र स्री संभोग कदापि नगर्नु यी व्रत पालन गरेमा रोग, शोक, दरिद्रता नष्ट भै सिधै सुर्यलोकमा जाने ढोका खुल्दछ । शिववाट प्राप्त सुर्यका आठमन्त्र (सुर्याष्टकम्) यहि समाप्त हुन्छ ।
✍️ धन्यवाद

पुनश्च: म अमृत भाषा संस्कृतको विद्यार्थी नभएको भएपनि जेनतेन कनिकुथी अनुवाद गरेको छु । भुलचुकमा क्षमा चाहान्छु ।

भावानुवाद :
✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
हाल : राजापुर, बर्दिया
मिति २०७७ साल माघ २५ रोज रविवार शुभम् ।

Comments