१२२. जीवन दर्शन

 जीवन दर्शन

✍️ वसन्तराज अधिकारी परिवार सहित 

बिहान् उठी धर्ती लाई ढोगी, मातृत्व बन्दना ।
सदैव रहोस् निर्मल मन, सार्थक चिन्तन ।।१।।

मनमा राम राम हातमा काम, जीवन यापन ।
धर्म र कर्म जोडियोस्, सदा मानव जीवन ।।२।।

के लिई आयौं यहाँ  के लानु छ र मरेर आखिर ।
स्वार्थ र सुख भोगको दास, बनि भौतिक शरीर ।।३।।

मुठी कसी जगतमा आयौं, हात पसारी छ जानू ।
मेरो भन्नू के छ र याहाँं, एउटा कात्रो नि डढाउनु ।।४।।

भाइ र बन्धु जीवन साथी, सन्तान नाता संसारिक ।
चिन्तन गरौं ईश्वर संग पुग्दामा, के हुन्छ नजिक ।।५।।

धनको तृष्णा मेटिन्न कहिले, जबतक हुँदैन निधन ।
भौतिक सुख भोग प्रधान होईन, अनन्त जीवन ।।६।।

यो स्थुल नश्वर शरीर मरेर जान्छ, पञ्चमहाभौतिक ।
उत्तम सुख सदैव रोज्नु पर्छ, जीवन अध्यात्मिक ।।७।।

कालको बसमा सबै मानव जीव, मालिक सेवक ।
सदैव एउटा सत्य पथ खौजौं, परमेश्वर चिन्तन ।।८।।

सूक्ष्म शरीर लाई चिन्नु स्वचिन्तन, अन्तरमन नियाली ।
जाग्रत स्वप्ना सुषुप्त जीवनयापन, अवस्था बिचारी ।।९।।

तेरो र मेरो अहंकार स्वार्थको घेरा, दु:खको बन्धन ।
मुक्तात्मा योगी बन्न नित्य निरन्तर, गर्नु छ साधना ।। १०।।                                                                                                             🏘️ तस्विर प्रसिद्ध सुपादेउराली माता मन्दिर                      

✍️ रचनाकार : बसन्तराज अधिकारी
रचना मिति : २०७७-०७-२७ बिहिवार
रचना स्थान : राजापुर, बर्दिया ।
✍️ हाम्रो भावना राष्ट्रिय दैनिक, बर्दियावाट प्रकाशित ।

Comments