चारधाम चौरासी पुरी तिर्थस्थल, भन्दा पनि सान ।
आफ्नै देशको भुगोल इतिहासको, राख्नु सदा ज्ञान ।।
✍️ वसन्तराज अधिकारी परिवार |
अध्यात्मिक जागरणले सकारात्मक, भावना ल्याउँछ ।
स्वच्छ पवित्रता निश्चल भावमा, ईश्वरत्व सदा पलाउँछ ।।२
।।१।।
देवी देउता धार्मिक स्थल दर्शन, गरे हुन्छ पुण्य कर्म ।
विविधता मानव प्राणी दृष्टान्त, आत्म बोध धर्म ।।
।।२।।
रीतिरिवाज प्रचलन परम्परा, कुलाचार लोकाचार ।
भलीभाँती अनेकानेक चालचलन, मानिसको जात ।।
।।३।।
अ-आफ्नो पौराणिक ऎतिहासिक, मान्यतामा बाँधी ।
नित्य निरंतरता चल्छ सामाजिक, धर्म सत्ता माथी ।।
।।४।।
पेशा व्यापार व्यवसाय आय आर्जन, जीविकोपार्जन ।
यथाशक्य रोजीरोटी मिलेकै छ, आश्रीत लाई प्रतिदिन ।।
।।५।।
सांस्कृतिक धार्मिक आर्थिक, सामाजिक राजनीतिक ।
परम्परागत ऎतिहासिक लाभान्वित, हुन्छन् बहुजन ।।
।।६।।
त्यसैले त अखिल धर्मसत्ता जरा, बलशाली रहेको छ ।
भौतिकवादलाई संकीर्ण बनाउने, ताकत राखेको छ ।।
।। ७ ।।
युगौ युगसम्म निरन्तर चलिरहेछ, मानवतावादी धर्म ।
पशुपंन्छी बलीप्रथा निन्दनीय, तथापि चल्छ यहीँ कर्म ।।
।। ८।।
स्वस्थानी पुर्णिामा माघ महात्म्य, व्रत शालीनदी तट ।
शंखरापुर नगरपालिकामा, पर्ने हाम्रो ठूलो तिर्थ ।।
।। ९ ।।
जोडिएको छ तत्कालीन, समाजको कथा युगबोध ।
कालजयी सभ्यता संस्कृतिको, गर्दै नित्य उदबोध ।।
।। १० ।।
प्रतिबिम्बित रैथाने लोकोक्तिका, लिपिबध्द कथा ।
धर्म आरोह अवरोह मानवताका, शाश्वत व्यथा ।।
।। ११ ।।
मुल कुरो केन्द्रिय दर्शनमै नामै, छ यस्को महान ।
स्वस्थान "आफ्नै स्थान" सदा, राख्नु पहिचान ।।
।। १२ ।।
चारधाम चौरासी पुरी तिर्थस्थल, भन्दा पनि सान ।
आफ्नै देशको भुगोल इतिहासको, राख्नु सदा ज्ञान ।।
।। १३ ।।
स्कन्द पुराण श्री स्वस्थानी व्रत कथा, समाप्तिको दिन ।
पारिवारिक साथमा तिर्थस्थल, यहीँ हो सायुज्य धाम ।।
।। १४।।
धर्म सँग जोडिएका तिलस्मी सापेक्ष अध्यात्मिक कथा ।
स्वस्थानीको राज नवराज राजा, लावण्य देशको कथा ।।
।।१५।।
✍️ वसन्तराज अधिकारी
स्थान : शंखरापुर नगरपालिका बज्रयोगिनी माता मन्दिर परिषर
मिति : २०७७\११\१५ शनिबार श्री स्वस्थानी पुर्णिामा शुभम् ।
Comments
Post a Comment