१३०. आखिर के फरक भयो त हजुर !?

 आखिर के फरक भयो त हजुर !?

✍️ वसन्तराज अधिकारी
                        तुलसीपुर उपमहानगरपालिका, मजगैं दाङ        

भ्रष्टाचार घुसखोरी र कर्तुत कालो धनले पनि
कति धनीमानी भाग्यमानी, बनिरहेका छन् ।।१।।

संगठित अपराध, दुराचार र भ्रष्टाचार व्यबिचार
सक्नेले पुरुषार्थ झै मानि, गरिराखेकै  छन् ।।२।।

सोर्स फोर्स, दलीय भागबन्डा नाताबाद, कृपावादले पनि 
कतिले ठुला ठुला पद र जागीर, पडकाई राख्याछन् ।।३।।

योग्यता परीक्षा पास नभएका, हरि लटठकहरु पनि
प्रशासनिक ठुल्ठुला हाकिमसाप, भैराख्या छन् ।।४।।

केन्द्रसम्म पहुँच पुराएर, जहिले पनि अनुकूल सरुवा बढुवा
सेवा सुविधाका आकर्षक, अवसर पाईराख्याछन् ।।५।।

छक्का पञ्जा बेईमानीले पनि, रवाफ फुर्तीफार्ती र
ठुल्ठुला मौका अवसर, पाई राख्या छन् ।।६।।

स्वार्थकोलागि झुठको खेती, गर्नेहरूले पनि
आआफ्नो खेती बाली, सपार्नु सपारेकै छन्  ।।७।।

लुटेरा र ठग बेइमानीहरु, ठगी गोरख धन्दामानि
रातो दिन दत्तचित्त तल्लीन भै, लागि राख्याछन्  ।।८।।

कुन साधु कुन चोर, मापदण्ड स्पष्ट नभएपछि
साधु-चोर; चोर-साधु, छुट्टाउनु रनभुल्लमा ।।९।।

जति सदाचार नीति, आदर्शका भाषण दिए पनि
आखिर यहाँ फरक के भयो त, हजुर ?? ।।१०।।

✍️ रचनाकार : बसन्तराज अधिकारी
रचना मिति : २०७३ असोज
स्थान : बाँके, नेपालगन्ज
स्रोत : जागीरे-यात्रा सिर्जनाहरुको सङ्गालो, २०७० वाट पुनः परिमार्जन सहित ।

Comments