१२८. पुनः मन्त्रालय सिंहदरबारको यात्रा तय भयो ।

 पुनः मन्त्रालय सिंहदरबारको यात्रा तय भयो ।         

✍️ वसन्तराज अधिकारी
                                उपसचिव, नेेेपाल सरकार                                

संघीय निजामती प्रशासन सेवा, उपसचिव पद ।
यश पदमा २०७२ सालमा  पदोन्नति, पनि पाएँ जब ।।१।।

स्वेच्छिक रुपमा आफ्नै प्रदेश, थातथलोको खोजी ।
सम्भव भो निर्वाचन आयोगमा, पदस्थापना रोजी ।।२।।

क्षेत्रीय निर्वाचनको प्रमुख बाँके, व्यतीत  सवा दुई बर्ष ।
ऎतिहासिक निर्वाचन सम्पन्न, भै खुशी र सगौरव ।।३।।

आयोगको क्षेत्रीय कार्यालय, विघटन पनि भयो जब
स्थानीय तह बबई गाउँपालिका, काजमा गैयो तब  ।।४।।

संगठनात्मक पुनर्संरचना फ़ेरिदा, पुनः काज भयो ।
राजापुर नगरपालिका, राजापुर, बर्दिया तिर लागियो ।।५।।

गापा नपा स्थानीय तह भलीभाँति, रिती थिती बाँधी ।
पुनः राज्यकै खटनपटनमा, सिंहदरबार तिर साथी ।।६।।

एक अर्थमा सन्तोष पनि छु, राज्यकै हो एक सेवक ।
तर दु:ख छ आफ्नै ठाउँको सेवा गर्न, पाईन क्यै हक ।।७।।

राजनीतिक तुच्छता र छक्का पञ्जा, षडयन्त्र दाउँ ।
अब थोरै छ सेवावधि यो खेल म, किन चाल पाउँ ?।।८।।

गलत नजिर स्थापित भो राजनीति र प्रशासन भित्र ।
दु:ख चाहि यै कुरामा, कहिलेकाही लाग्छ हेर मित्र ।।९।।

राम्रो कामको प्रशंसा मुल्यांकन र पदीय मर्यादा ।
चाकरी षड्यन्त्रकारी फटाहाले, प्रशासन चलाउँदा ।।१०।।

शिक्षक र निजामती सेवा चारदशक, पुग्न लाग्यो ।
योग्यता सक्षमता ईमानदारी गरि दीर्घसेवी  पाको ।।११।।

अब पुनः युवा खेलकुद मन्त्रालयमा, पदस्थापन भयो ।
स्थानीय तहवाट मुक्ति भै केन्द्र, मुल घरमै रोजियो ।।१२।।

✍️ धन्यवाद

वसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
हाल : स्वनिवास घोराही उपमहानगरपालिका, दाङ ।                        रचना मिति : शनिबार ८ फागुन २०७७ शुुुभम्                                                                                            

Comments