९९. हिमाल मुनि नि बैनी छहरे छाँगा !!

 हिमाल मुनि नि बैनी छहरे छाँगा

✍️ बसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
हाल : राजापुर नगरपालिका,बर्दिया,नेपाल
हिमाल मुनि नि बैनी छहरे छाँगा बग्दछ खोला कलकली ! बग्दछ कल्कली !! ।। १।। मुग्लान पस्दा नि बैनी रोएको तिम्ले सम्झन्छु आज झल्झली ! सम्झन्छु झल्झली !! ।।२।। बिहान् देखि बेलुका सम्म अर्काको मेलामा दाजुलाई सम्झी रुँदी हौं बैनी, फर्कने बेलामा !! ।।३।। बिहान् उठी नि बैनी ढिकी र जाँतो गर्दी हौं बैनी घर बेसी गर्दी हौ ! घर बेसी गर्दी हौ !! ।।४।। देशको माया नि बैनी भए र पनि म भए आज परदेशी ! म भए पर्देशी !! ।।५।। आँखामा आँसु नटप्काउ बैनी दाजुलाई सम्झेर एकदिन पक्कै आउनेछ फर्की चेतना बोकेर !! ।।६।। दशैं र तिहार नि बैनी आउँदो होला सम्झेर रुँदा हुन् सङ साथी ! रुँदा हुन सङ साथी ।।७।। अर्काको देशमा नि कमारो बस्दा लाग्दछ मलाई नजाती ! लाग्दछ नजाती !! ।।८।। देशको नाउँमा सपथ खाँदै गर्छु म बन्दना रोयर मात्रै जाँदैन पनि दु:खको क्रन्दन !! ।।९।। जाली र झेली नि बैनी फटाहाले गाउँमा मनपरि गर्दा हुन् ! मनपरि गर्दा हुन !! ।।१०।। जता र ततै नि बैनी अन्याय देख्दा उम्लिन्छ मेरो तातो खुन ! उम्लिन्छ तातो खुन !! ।।११।। हिमाल मुनि नि बैनी छहरे छाँगा !!२ बि.सं. २०३०-४० को दशक ताका जन जिब्रोले गाउँने जनवादी लोकप्रिय प्रगतिशील गीत सम्झनामा ✍️ संकलन : संगीन शर्मा @ बसन्तराज अधिकारी

Comments