१०६. दु:खदायी बुहार्तन भयो जागीर !!!

 दु:खदायी बुहार्तन भयो जागीर !!!

✍️  वसन्त राज अधिकारी नखाँदा सम्म अचम्म लोभ लाग्ने । अर्काले खाएको देख्दा सहज ठान्ने ।। समाजमा ठाँटबाँठ भई सोख मान्ने । नौवटा करकर सहि नौंकरी धान्ने ।।१।। दुःखदायी बुहार्तन भयो जागीर !!! सदाचारको मूल ढोकामा ताल्चा मारेर । बनावटी इज्जत प्रतिष्ठा र आदर्शको खोल ओढेर ।। ज–जस्को शासन चल्छ उसकै गीत गाउँदै । पहिला जा त्यस पछि गीर रै छ जागीर ।।२।। दु:खदायी बुहार्तन भयो जागीर !!! योग्यता क्षमता र काम काजले, मूल्याङ्कन अपवादमै होला ।। चाकडि चाप्लुसी र जी हजुरीयाहरूले रबाफ बढाउछन्, भाग्य बगाउछन् याहाँ ।।३।। दुःखदायी बुहार्तन भयो जागीर !!! राजनीतिक र जागीरको सीमाङ्कन मेटियो अब छैन केहि देखिने फरक पन ।। फरक यत्ती छ जागीरलाई  तोकिएको योग्यता चाहिने राजनीतिकलाई जसरी पनि चुनाव जिते हुने ।।४।। दु:खदायी बुहार्तन भयो जागीर !!! सेवा सुबिधा तलव भत्ता आफै निर्णय गरि खाने फ़ेरि कसरी होला उच्च सिंहासनमा सम्मानित ?? ।। कहिले हाँस्न मन लाउँछ कहिले रुने ! भो हजुर अपरम्पार छ लिला बयानै गर्न नसकिने ।।५।। दु:खदायी बुहार्तन भयो जागीर !!! ऎन कानुन बिहिन शुन्यतामा पनि संघीय सेवा  जेनतेन  चलेकै छ ।। राजतन्त्र फालेर संविधानसभावाट निर्मित नयाँ जनताको संविधान ।।६।। दु:खदायी बुहार्तन भयो जागीर !!! संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अग्रगामी संघीय नयाँ नेपाल ।। पुनः मुल्यांकन गर्नुपर्छ अब यस्को आमजनतालाई के फरक पायौं उन्मुक्ति को सास ।।७।। दु:खदायी बुहार्तन भयो जागीर !!! आखिर ! परिवर्तन के भयो त याहाँ ? मुहार उहीँ छ प्रवृत्ति कत्ति पनि फ़ेरिएको छैन ।। जनताका दु:खका पहाड उस्तै छन् नेता जनप्रतिनिधिका राजधानी शहरमा बडेमान दरबार ठडिएका छन् ।।८।। दु:खदायी बुहार्तन भयो जागीर !!! करिव चारदशक सरकारी सेवाको तिक्तता आफैं संग खुशी र प्रफुल्ल कत्ती छैन मन ।। "सक्छौं जागीर नखाउ सक्दैनौं जागीर खाउ  झण्डा मुनि बस दरबार नपस" रणधिर सिंह थापा ।। ९।। दु:खदायी बुहार्तन भयो जागीर !!! गणेश भक्ति यथावत: जीवन्त रहेको छ "घुम्ने मेच माथी अन्धो मान्छे" भुपि शेरचन ।। पुरुषार्थ होईन भाग्यमा अटल बिश्वास रहेको छ जागीर उद्यमी हैन "अल्छिलाई बल्छी" भएको छ ।।१०।। दु:खदायी बुहार्तन भयो जागीर !!! ✍️ स्रोत सामग्री : १. अपि सन्देश कर्मचारी मिलन केन्द्र, दार्चुलावाट प्रकाशित कविता, २०५२ मा प्रकाशित आफ्नै रचनाको पुनः परिमार्जन २०७७ २. "जागीरे-यात्रा" आफ्नै अप्रकाशित सिर्जनाहरुको सङ्गालो, २०७० । ✍️  बसन्तराज अधिकारी दाङ घोराही हाल : राजापुर, बर्दिया ।

Comments