१०८. राजापुर नगरपालिका कर्मचारी पोखरा बिशेष अवलोकन भ्रमण कार्यक्रम, २०७७ मंसिर १९-२० शुक्रबार -शनिबारसम्म ।

राजापुर नगरपालिका कर्मचारी पोखरा बिशेष अवलोकन भ्रमण कार्यक्रम, २०७७ मंसिर १९-२० शुक्रबार -शनिबारसम्म ।

फ़ेवा तालमा राजापुर नगरपालिकाका स्टाफ सहकर्मीका साथ हामी 

राजापुर नगरपालिका, बर्दियाका कर्मचारी पोखरा बिशेष अवलोकन भ्रमण कार्यक्रम, २०७७ मंसिर १९-२० शुक्रबार -शनिबारसम्म । १. पृष्ठभूमि :
राजापुर नगरपालिका कार्यालय, राजापुर, बर्दियाका कर्मचारीहरुको छोटो समयमा तय भएको योजना बमोजिम आर्थिक बिकास शाखाको प्रमुख तथा अधिकृत छैठौं श्री शोभा पौडेलको संयोजकत्वमा वडा सचिव पाँचौ तह श्री सोनु सिजापती मगर र नापी सर्वेक्षक श्री श्रीकिरण महतरा समेतको सक्रियतामा पहिला महेन्द्रनगर झिलमिला तालसम्म भनी आयोजना गरिने भनिएको बनभोज कार्यक्रम अरु थप शाखा अधिकृत श्री दलबहादुर चौधरी र लेखा अधिकृत श्री वसन्त मल्ल समेतको सल्लाह तथा अग्रसरतामा पर्यटकीय नगरी पोखरा सम्म भ्रमणमा जाने तय भएर "दुई रात एक दिन" (Two Night One Day) को कार्यक्रम तय गरियो । राजापुर नगरपालिका, बर्दियाका कर्मचारीहरुको आयोजनामा राजापुर नगरपालिका, बर्दियाका कर्मचारीहरुको पोखरा बिशेष भ्रमण कार्यक्रममा  निम्नलिखित कर्मचारीहरुको सहभागीता रहेको थियो जसको  बिस्तृत नामनामेसी विवरण यहाँ उल्लेख गरिन्छ । २. सहभागी कर्मचारीहरुको नाम, नामेसी विवरण : १.१ प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव श्री बसन्तराज अधिकारी १.२ म्याडम एशोदा अधिकारी १.३ शाखा अधिकृत (शिक्षा) श्री दलबहादुर चौधरी १.४ लेखा अधिकृत श्री वसन्त मल्ल १.५ अधिकृत छैठौं श्री शोभा पौडेल १.६ इन्जिनियर (बिल्डिङ) श्री सरिता चन्द १.७ सहायक पाँचौं लेखापाल श्री  हुकुम बोहरा १.८ सहायक पाँचौं लेखापाल श्री हिरासिंह डाँगी नेपालगन्ज उपमहानगरपालिका, बाँके १.९ सब इन्जिनियर श्री राजकुमार चौधरी १.१० सहायक पाँचौं श्री सोनु सिजापती १.११ कम्प्युटर अपरेटर श्री रामबहादुर गुरुङ १.१२ सहायक पाचौं श्री किरण महतरा १.१३ सहायक पाँचौं श्री प्रकाश वली १.१४ सब इन्जिनियर श्री अनिल रावल १.१५ सहलेखापाल श्री मनिराम चौधरी १.१६ खरिदार श्री  जगत सिंह  र २ बर्षको  सानो मैयाँ सुश्री शोभा शाही १.१७ सहायक चौथो श्री रन्जु चौधरी १.१८ सहायक चौथो श्री मखन चौधरी १.१९ असिस्टेन्ट सब इन्जिनियर श्री सुमित्रा रावल १.२० अमिन श्री हरि रिजाल १.२१ कानुन इन्ट्र्नसिपकर्ता श्री जयन्ती चौधरी १.२२ स्थानीय व्यापारी श्री मिलन रेग्मी बस चालक द्वय र सहचालक समेत गरि जम्मा २५ जना । ३. पोखरामा १ दिवसीय भ्रमणका महत्वपूर्ण स्थानहरु : ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~ ३.१ बिन्ध्यवासिनी मन्दिर, पोखरा : शनिबार बिहानै ८:०० बजेदेखि बिन्ध्यवासिनी मन्दिरको दर्शन र बिधिपुर्वक सामुहिक पुजा आजा गरियो । ३.२ फेवा ताल, लेकसाईड : बिहान् १०:०० बजेतिर फेवातालमा डुङ्गा बुक गरि लाईफ जकेट साथ फेवाताल भिडियो प्रत्यक्ष प्रशारण (fb Live) सहित भ्रमण तथा अवलोकन गरियो । ३.३ बिहानको मध्यान्ह भोजन :  सम्राट तन्दुरी रेष्टुरेन्ट, थकाली होटलमा १२:०० बजेतिर मध्याह्नकालिन स्वादिष्ट  भोजन गरियो  । ३.४ डेभिज फल्स, पोखरा : केही साथीहरू सराङ्गकोट प्याराग्लाईडिङमा र बाँकी अरु साथीहरू सँग डेभिज फल्सको भ्रमण अवलोकन गरियो जस्को प्रत्यक्ष प्रशारण (fb Live) गरियो । ३.५ गुप्तेश्वर महादेव गुफा, पोखरा : गुप्तेश्वर महादेव गुफा बन्दाबन्दी पश्चात् हालसम्म पनि सञ्चालन नभएको अवस्था पाईयो तथापि भित्रै नगएर पनि छतवाटै अवलोकन गरियो र बौद्ध स्तुपा (ह्वाईट गुम्बा), अन्तर्राष्ट्रिय संग्रहालय समेतको अवलोकन गर्न बन्दको कारणले असमर्थ भैयो । ३.६ सराङ्गकोट डाँडा वाट प्याराग्लाईडिङ्ग  र बन्जी जम्पिङ :  शाखा अधिकृत श्री दलबहादुर चौधरी, लेखा अधिकृत श्री बसन्त मल्ल,   बिल्डिङ्ग इन्जिनियर श्री सरिता चन्द, सब इन्जिनियर श्री राजकुमार चौधरी, लेखापाल श्री हुकुम बोहरा, वडा सचिव श्री सोनु चौधरी, वडा सचिव श्री रन्जु चौधरी, वडा सचिव श्री  मखन चौधरी कानुन इन्टर्नसिप कर्ता श्री जयन्ती चौधरी, अमिन हरि चौधरी  समेतले गर्नुभएको थियो । ४. यात्राका सहज र असहजताहरु : रात्रीकालिन यात्रामा बस भित्रै सुत्नुपर्ने, छोटो समयका लामो यात्राका कठिनाईहरु, कतिपय कुराहरुको समुहको मतैक्यता नहुँदाका असजिलाहरुका बाबजुद सिकाई उपलब्धि पर्यटकीय अवलोकन भ्रमण सुन्दर नगरी पोखरा कतिपयको पहिलोपटक र यो लेख तयार गर्ने हाम्रो पनि लामो समय करिब ७ बर्ष पहिला आएको अहिले आउँदा अझै पनि बन्दाबन्दीको अवस्था रहे पनि कार्यालयका नयाँ २२ जना स्टाफहरु संगको रमाइलो यात्रा तय गरियो । यात्राका सीमा बन्दाबन्दी "लकडाउन" को समय पुर्णरुपमा खुला नभएको र समयाभावले गर्दा छोटो यात्राको तुलनात्मक समग्रमा रमाइलो यात्रा गरियो । ५. उपसंहार : बन्दाबन्दी "लकडाउन" भन्दा अगाडि गत बर्ष चैत्रमा भारत नैनिताल उत्तराखण्ड यस्तै तर एउटा सानो समुहमा कार्यालयका सहकर्मी स्टाफहरुसँग तय गरिएको थियो । तत्पश्चात मुलुक बिश्वब्यापी महामारी कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणको भयावहताले गर्दा लामो यात्रा तय  नभएको एउटा लामो अन्तरालमा आकस्मिक अनौपचारिक अवलोकन भ्रमण  रोमाञ्चक र अनुभवजन्य रह्यो  । अब निकट भविष्यमा मानव जातिलाई सन्त्राश गरि पिडादायी महामारीको भ्याक्सिनको प्रयोग सफ़ल  भै प्रयोगसिद्ध रहेर हाम्रो दु:खको कालो बादल हटेर जानेछ र पुर्ववत रूपमा स्थानीय, राष्ट्रिय अन्तर्राष्ट्रिय आवागमन सहजताका तय हुनेछन् र पर्यटन क्षेत्र पुर्ववत रूपमा आउनेछ । लेखक परिचय : ~~~~~~~~~~~~ ✍️ बसन्तराज अधिकारी उपसचिव, नेपाल सरकार हाल : कामकाज : प्रमुख प्रशासकीय अधिकृत राजापुर नगरकार्यपालिका कार्यालय राजापुर,  बर्दिया । सन्दर्भ सामग्री (References) ~~~~~~~~~~~~~~~~~~~ १. यात्रा वृतान्त स्व अनुभव  । ✍️ संरक्षक तथा लेखन : बसन्तराज अधिकारी घोराही, दाङ हाल: राजापुर, बर्दिया ।

Comments